जीवन-दर्शनपर्यटन

विदेशमा बस्ने नेपालीहरुलाई कर्ण शाक्यको अनुरोध

विदेशमा बस्ने नेपालीहरुलाई कर्ण शाक्यको अनुरोध !

हाफ पाइन्ट लगाएर ढल्किदै हिंडेको, चिल्लो कारको अगाडी पछाडी बसेको, चिल्ला सडक र गगनचुम्बी घरहरुलाई दायाँबायाँ पारेर खिचेका फोटोहरुले मात्र सामाजिक संजाल नभर्नुहोस, विदेशमा बस्दा गरिने संघर्ष र परिश्रमका कहानीहरु पनि राखिदिनोस, हरेक महिना बैंकको किस्ताले दिने पिडा पनि सुनाउनुहोस, अस्पतालको खटाई, सुपरमार्केटको खटाई पनि सुनाउनुहोस, के काम गर्दै हुनुहुन्छ त्यो पनि बताईदिनुहोस, कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरु पनि भनिदिनुहोस, विदेशमा बस्दा घरपरिवार, समाज, रीतिरिवाज, चाडपर्व आदि सामाजिक कुराहरुको कारणले हुने पिडा पनि सुनाउनुहोस, कति समय खट्नु हुन्छ भनिदिनुहोस । सामाजिक संजालमा देखिने तपाईहरुको मोजमस्तीको जीवनशैली (Glamorous Lifestyle) को लोभको कारणले नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड भईसक्यो ।

हाम्रो देशमा समाजलाई सकारात्मक सोचले अभिप्रेरित कर्मशील “रोल मोडेल” धेरै कर्ण शाक्यहरुको खाँचो छ ।

साभार : कर्ण शाक्यको  फेसबुकवाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!