स्वास्थ्य

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज भनिन्छ भने सामान्य भाषामा चिनीरोग भन्ने गरिन्छ । मधुमेह रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग हो । विशेषगरी मधुमेहको नियन्त्रणमा दैनिक खाने खानाले ठूलो प्रभाव पारेको हुन्छ । दैनिक भोजन सन्तुलित राख्न सकेमा रगतमा चिनीको परिमाण नियन्त्रण गर्न सकिन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । मधुमेहका रोगीले सकेसम्म सबैले पनि खानुपर्ने खाना भनेको ‘सन्तुलित खाना  नै हो।

खान हुने खानेकुराहरु

कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका रेशायुक्त खानाहरुको बढी मात्रामा प्रयोग गर्नुपर्छ। भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको  समस्या  कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।

मधुमेह रोगमा निम्न प्रकारका खानेकुराहरु खाए हुन्छ ।

१. खस्रोपना भएका  रेशायुक्त खानाहरु: उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो, कादोको

    पिठो, फपरको पिठो   आदी पर्छन्।
२. कार्बोहाइड्रेटयुक्त खाना जस्तै : भात, आलु  कम खाने ।
३. चिल्लो वा बासो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
४. अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने ।
५. पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, भन्टा, साग, गोलभेडा, मुला, गांजर प्याज र ताजा फलफूल खाने ।
६. झोल वा सुप खाने ।
७. चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
८.  तरकारी बनाउन प्रयोग गरिने तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
९.  धेरै रेसादारयुक्त गहुं मकै ।

खान नहुने खानेकुराहरु

माछा मासु, अण्डा, दूध दही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धि विकास, मर्मत सम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।

मधुमेह रोगमा निम्न प्रकारका खानेकुराहरु खानु हुदैन वा कम खाने:
१. चिनी र चिल्लो बोसायुक्त प्रशोधित खानेकुराहरु ।
जस्तै: चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई,गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, नौनी,बासो, तारेको वा  भुटेको खाना ।
२. चुरोट, बिडी, सुर्ति, तमाखु, खैनी, जर्दा आदि सुर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
३. बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
४. लामो समयसम्म भोकै नबस्ने ।
५. व्रत नबस्ने ।
६. नुुन कम खानु ।

यो पनि पढ्नुहोस्  

मधुमेह र यसवाट बच्ने उपाय

मधुमेह (Diabetes) र यसको उपचार

मधुमेह र यसका लक्षणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!