स्वास्थ्य

मधुमेह रोगको औषधिको रुपमा बरको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बरको रूख आजकाल लोपोन्मुख हुदैछ । पहिले बर पिपल लगाउन तछाड मछाड गर्ने समाज आज बरको रूख काट्न तछाड मछाड गर्दैछन् भन्दा खासै फरक नपर्ने देखिनु दु:खद हो । स्वास्थ्य क्षेत्रमा बरको ठूलो महत्व छ । बर मध्य पहाडी भेकमा पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो । हिन्दू धर्ममा बरलाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्।

बरबाट थुप्रै प्रकारका औषधि बनाइ्छ । बरको बोटबाट औषधि बनाउन सकिने हुनाले यस्को अनुसन्धान हुन सके ठूलो रकम बाहिर जानबाट रोकिन सक्ने थियो र खाली जमिनमा बरको बोट रोपेर मनग्गे आमम्दानी भित्राउन सकिने देखिन्छ । बरको रूखको बोटबाट मधुमेह रोगको सफल उपचार गर्न सकिन्छ । मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई डायबिटिज मिलाइटस भन्ने गरिन्छ ।

उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्। आज मैले यही बरको बोक्राबाट मधुमेहको चमत्कारयुक्त औषधिबारे जानकारी दिने जमर्को गर्दैछु । कतिपयलाई यति सामान्य औषधिले पनि मधुमेह ठिक होला त भन्ने जिज्ञासा जाग्न सक्ला तर यो औषधि बनाएर खानुस भन्ने हाम्रो आग्रह छ ।

औषधि बनाउने तरिका

बरको बोक्रा ल्याउनु होस २० ग्राम जति बोक्रामा ४०० ग्राम जति पानी राखेर पकाउनुहोस् । २० ग्राम जति बाकी रहेपछि कपडाले छानेर दिनमा २ पटक सेवन गराउनुहोस् । यो रोग क्रमस निको हुन्छ । यो नियम केहि महिना गर्नाले रोगको दोहोलो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!