खानपान

मधुमेह कम गराउन यस्ता खाना खाने गरौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज विश्व मधुमेह दिवस हो । आजको दिनलाई हामीले ब्लड सुगरबारे जानकारी पस्कन गइरहेका छौं । ब्लड शुगर आज नेपालमा माहामारीको रूपमा फैलिएको छ । यस्तो हुनुको प्रमुख कारण खानपिनलाई प्रमुख मानेका छौं । शरीरमा ब्लड शुगर लेबल ठिक भएमा मधुमेह,किड्नी र हार्टको समस्याबाट आफुलाई बचाउन सकिनेछ ।

हाम्रो शरीरमा ब्लड शुगर कम गराउन एउटा हर्मोन हुन्छ जसलाई इन्सुलिन भन्दछन् । बढेको ब्लड शुगर घटाउन इन्सुलिनको प्रयोग गराइन्छ । आजको लेखमा हामीले ब्लड शुगर कसरी कम गराउन के खाने भन्ने कुरामा प्रकाश पार्ने जमर्को गर्दैछु ।

शुगर लेवल कम गराउन यस्ता खाना खाने गरौ 

१. खाना हमेसा हल्का र चाँडो पच्ने खालको हुनुपर्छ । सागसब्जी,फलफूलको सेवन बढी गर्नुपर्छ । यसरी सेवन गरेमा शुगर लेबल कम हुनुको साथै स्वास्थ्य लाभ हुनेछ ।

२. प्रोटीनयुक्त पदार्थको सेवन गर्नाले अतिरिक्त खानाबाट आफुलाई बचाउन सकिनेछ ।

३. नास्ता अनिवार्य गर्नुस र नास्तामा प्रोटिनयुक्त खाना अनिवार्य समावेश गर्नुस । यसले शरीर कमजोर हुनबाट बचाउनेछ ।

४. चिनीको मात्रा र रिफाइंड कार्बोहाइड्रेटबाट सकेसम्म टाढा रहनुपर्छ । यी दुबै शुगर लेबल बढाउन सक्छ । रिफाइंड कार्बोहाइड्रेटटले चाँडो पच्ने हुनाले यस्ले सुगर बढाउन सक्छ ।

५. आर्टिफिशल स्वीटले पनि सुगर लेवल बढाउन सक्छ । यस्ता बस्तुबाट सकेसम्म बच्नु नै राम्रो हुनेछ ।

यो पनि पढनुहोस्

मधुमेह र यसका लक्षणहरु

मधुमेह (Blood Sugar) र यसको उपचार

मधुमेहको सफल उपचारमा बरको प्रयोग

यसरी गर्नुहोस आफै ब्लड सुगरको निगरानी

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!