विज्ञान जिज्ञासा

खानापछि निद्रा किन लाग्छ ?

खाना खाएपछि प्रायः मानिसलाई निद्रा लाग्ने गर्छ । सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । सामान्य व्यक्तिको शरीरमा हुने करिब ५ लिटर रगत शरीरमा सञ्चालित भइरहन्छ । शरीरको विभिन्न भागहरूमा हुने रगतको अलग-अलग मात्रा आवश्यकता अनुसार परिवर्तन भइरहन्छ । सामान्य स्थितिमा मुटुबाट आउने रगतको २८ प्रतिशत कलेजोमा, २४ प्रतिशत मृगौलामा, १५ प्रतिशत मांशपेसीहरूमा, १४ प्रतिशत मस्तिष्कमा र बाँकी १९ प्रतिशत शरीरका अन्य भागहरूमा संचारित हुन्छ ।

खाना पचाउनका लागि हाम्रो पेटमा अधिक रगतको आवश्यकता पर्दछ । खाना खाइसकेपछि हाम्रो शरीरको रगतको ठूलो हिस्सा पेटमा प्रवाहित हुन्छ । त्यसैले मस्तिष्कमा रगतको मात्रा कम भएर त्यसको क्रियाशीलता घट्छ । मस्तिष्कको क्रियाशिलता घट्नु निद्राको एक कारण हो । त्यतिबेला शरीरलाई आरामको जरूरत पर्दछ त्यसैला खाना खाइसकेपछि केहि बेर आराम गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

निद्रा लागेन भने यसो गर्नुस्

के तपाईलाई निद्रा लाग्दैन ?

हामी किन निदाउँछौं ?

किन झस्किन्छ मान्छे निद्रामा ?

के तपाईलाई निद्रा लाग्दैन ? एकैछिनमा फुस्स निदाउन अपनाउनुस् यो विधि

अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ र यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ । विज्ञहरु भन्ने गर्छन् कि फुड कोमाबाट बच्न खानाको प्याटर्नबारे जानकारी राख्न जरुरी हुन्छ । यसबाट बच्न खानाको मात्रामा पनि ध्यान पुर्याउनुपर्छ ।

एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा राम्रो हुन्छ । यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । जसमा काब्र्सको मात्रा कम र पोषण तत्वको मात्रा बढी हुन जरुरी हुन्छ । खाना खाएपछि आरमसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय हिड्ने वा क्रियाशील रहने गर्नुपर्छ । यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण भएर जाने गर्छ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!