चिकित्सा विज्ञानस्वास्थ्य

सर्पगन्धा (Rauvolfia Serpentina Q ) Mother Tincture र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

यो औषधि सर्पगन्धाको झारबाट बनाईएको होम्योपैथीक औषधि हो । यसको प्रयोग उच्च रक्तचापका लागि अति नै उपयोगी मानिन्छ। यो जडीबुटीलाई प्रशोधन नगरी त्यसै पनि रक्तचापको रोगमा प्रयोग गर्न पनि सकिन्छ । सर्पगन्धाको जरामा रहेका सर्पेन्टाईन (Rauvolfia Serpentina) द्वारा बनाईको औषधिको प्रयोगले उच्च रक्तचाप, निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी भएकोले हानी रहित प्राकृतिक जडिबुटी औषधीबाट बनेको यो औषधि प्रयोग गर्न सकिन्छ ।

यो जडिबुटी नेपालमा पनि प्रशस्त रहेको छ । यो जडिबुटीको खेती नेपालमा गराउन सके राम्रो फाइदा हुन सक्ने देखिन्छ । यस्ता अनेकौं चमत्कारयुक्त औषधि केही आयुर्वेदिक कंम्पनीले निर्माण गरेका छन् । होम्योपैथीक कम्पनीले मदर टिङचरको रूपमा यो औषधि तयार गरेर राम्रो फाइदा देखाएको छ । यस्ता जडिबुटीबाट बनेका औषधिले मानव शरीरमा कुनै नकरात्मक प्रभाव नपारी उच्च रक्तचाप, निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोग अन्तर्राष्ट्रिय स्तरमा भइरहेको देखिन्छ ।

यो पनि पढ्नुहोस्  

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

आईपड सि भी-२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) को प्रयोग

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहर

संसारभरी नै हाल रसायनबाट तयार गरिएको औषधीहरूले दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानी गर्न सक्ने संभावना बढी भएको कारणले विकसित देशहरूका उपभोक्ताहरूले हाल जडीबुटीमा आधारित औषधीको प्रयोग गर्न सुरु गरेका छन् । सर्पगन्धाबाट बनेका यस्ता औषधिको माग बढी रहेको छ । आज विश्व बजारमा सर्पगन्धाको माग बढी रहेको छ । जर्मनीमा यसको जराको मूल्य प्रति केजी ५ अमेरिकी डलर अर्थात् ने. रु . ३७५।– रहेको छ । यसको बजार स्वदेश लगायत विश्वभरी नै भएकोले यसको खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । यस्तो जडिबुटी सम्बन्धि जानकारी किसानलाई दिन सकेमा र यसको खेती गराएर बेच्न सके राम्रो पैसा भित्रन सक्ने सम्भावना छ ।

Like & Follow us on Facebook

कुनै पनि औषधिबारे पुरा जानकारी लिएर मात्र औषधि सेवन गर्ने बानी बसाल्नुपर्छ । औषधि जुनसुकै किन नहोस् कहिन कहि यसको साइड-इफेक्ट हुने हुनाले यहाँ यस्ता औषधिकोबारे जानकारी दिन लागेका छौ यस्ता औषधिको खासै खराबी नभएपनि यो औषधि Rauwolfia Serpentina (राऊवोल्फिया सर्पेन्टीना) सेवन गराउदा हुन सक्ने समस्या यस्ता छन् । यस्ता समस्या देखिएमा डाक्टरसंग परामर्श लिने गर्नु राम्रो हुनेछ ।

१. नाक बन्द हुने ।

सर्पगन्धा

२. पेट दुख्ने ।

३. पखला लाग्ने ।

४. उल्टी हुने ।

५. खान मन नलाग्ने ।

(कुनै पनि औषधि सेवन गर्नु भन्दा अघि डाक्टरको परामर्श लिनु जरुरी छ)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!