विज्ञान जिज्ञासा

गायक गायिकाको स्वर सुरिलो हुने कारणहरु

गायक गायिकाको स्वर सुरिलो हुने कारणहरु ! मानिसको आवाजले उसको व्यक्तित्व, आत्मविश्वास, सोच, शैक्षिक स्तर, संवेग लागायतका थुप्रै कुराहरु दर्शाइरहेको हुन्छ । आवाजमा हुने मिठासमा अरुलाई प्रभाव पार्ने क्षमता पनि हुन्छ । गीत संगीत प्राय: सवै मानिसलाई नै मन पर्दछ । झन् गायक गायिकाहरुको सुरिलो आवाजले त धेरै मानिसको मन जितेको नै हुन्छ । विशेषत गायकहरूको अत्यन्त सुरिलो स्वर हुने तर सबै मानिसमा यस्तो स्वर भने हुदैन । व्यक्ति पिच्छे फरक फरक स्वर किन हुन्छ त भनी बारेमा तल चर्चा गर्नेछौ ।

आवाज निस्कने क्रममा मुख्यतया फोक्सो, घाँटी र मुखमा हुने केही निश्चित अंगहरुको तीन प्रकारका संयोगहरु जस्तै:- श्वासप्रश्वास प्रक्रिया (breathing), भोकल फोल्डस् (Vocal Folds) को खुल्ने, बन्द हुने तथा थर्कने तरिका र गति (Phonation), अनि Vocal Folds बाट पनि बाहिर घाँटी, नाक र मुखसम्म आइपुग्दा आवाजमा हुने बढोत्तरी प्रक्रिया (Resonance) को प्रमुख भूमिका हुन्छ। मानिसको घाँटीमा रुद्रघन्टीको ठिक भित्रपट्टी हुने कण्ठनाली अथवा घोक्रो (Larynx) भन्ने घाँटीको भागमाथि करिब २० मिलिमिटरका दुईवटा Vocal Folds अथवा परम्परागत तरिकाले भन्दै आइएका Vocal Chords नामक अंगहरु हुन्छन् । बोल्ने क्रममा फोक्सोबाट सास बाहिर निस्कँदा यी Vocal Folds लाई थर्काउँछ। यसरी थर्किंदा एक प्रकारको मधुरो आवाज निस्किन्छ।

हामी सबैको घाँटीमा स्वर निकाल्ने यन्त्र भोकल कर्ड हुन्छ । यसमा १६ वटा लचिला मांसपेशीहरू हुन्छन् । तिनले झण्डै १७० किमिमका अवस्थाहरू प्रदर्शित गर्न सक्दछन् । आवाज निस्कनु भनेको हावाले ती मांसपेशीलाई चालाई कम्पन पैदा गर्नु हो । कम्पनको तौर तरिका अनुसार नै आवाज उत्पन्न हुन्छ । गाउनेहरूको स्वरयन्त्रको मुख्य विशेषता रिजोनेटिङ स्पेस अथवा स्वर घन्कने ठाउँ हो । उनीहरूमा यस्तो ठाउँ संगित उपकरणहरूको ढ्वाङगले जस्तै काम गर्छ । यसबाहेक गायक गायिकाहरूले आफ्नो स्वरलाई कसरी नियन्त्रण राख्नुपर्दछ भन्ने कुरा पनि सिकेका हुन्छन् ।

यो पनि पढ्नुहोस् 

रुद्रघण्टी के हो ?

पुरुषको घाँटीमा मात्र रुद्रघण्टी किन हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!