धर्म-सस्कृति

तुलसीमा जल चढाउँदा हुने फाइदाहरु

बैदिक सनातन सस्कारमा तुलसी पूजाको ठूलो महत्व छ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसंगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । थाहा पाउनुहोस् तुलसीमा जल चढाउँदा हुने फाइदाहरु यस्ता छन् ।

जल चढाउने मन्त्र

महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी
आधि व्याधि हरा नित्यं, तुलसी त्वं नमोस्तुते।।

तुलसीको विरुवामा दैनिक विहान जल चढाउनु निकै उत्तम मानिन्छ । विहानपख तुलसीमा जल चढाउनाले उदाउँदो सुर्यको किरणहरु पानीको फोकासंग परार्वतन भइ मानिसको शरिरमा आवश्यक पर्ने किरणहरुमा परिणत भइ मानव शरिर र मस्तिष्कमा निकै फाइदा पुग्ने कुरा बैज्ञानिकहरुले बताएका छन ।

तुलसीको पत्ता टिप्दा उच्चाहरण गरिने मन्त्र

ॐ सुभद्राय नमः
ॐ सुप्रभाय नमः
मातस्तुलसि गोविन्द हृदयानन्द कारिणी
नारायणस्य पूजार्थं चिनोमि त्वां नमोस्तुते ।।

तुलसी सम्बन्धी केहि नियमहरु

१. एकादशी, आइतवार र मंगलबार तुलसीको पात टिप्न बर्जित गरिएको छ ।

२. यदि घरमा बास्तुशास्त्र सम्बन्धी दोष भएको खण्डमा कुनै न कुनै समस्या आइरहन्छ । त्यस्तो भएरहेमा तपाइको घरको दक्षिण पुर्वमा तुलसीको विरुवा रोप्नु राम्रो हुन्छ ।

३. यदि तुलसीको विरुवा सुक्यो भने नजिकैको खोला वा कुवामा लगेर सारीदिनु पर्दछ । यदि सक्नुहुन्छ भने तुलसी भएको गमला हटाइ विरुवालाइ माटोमा गाडीदिनु पर्दछ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको अर्थ

तुलसी र यसको प्रयोग

तुलसी र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!