जीवन-दर्शन

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ? भनिन्छ सोझै रुख सदैव पहिला नै काटिन्छ । प्रेममा पनि यही नियम लागु हुन्छ किनकी असल र सोझा केटाले मात्र बढी प्रेममा धोका खाने गर्छन । प्रायः खराब केटाले असल जीवन साथी पाउँछन् र यस्ता केटाका साथ धोका हुन्छ जसले भित्री हृदयदेखि नै प्रेम गर्छन । त्यसो भए असल र सोझो हुनु के पाप हो त ? अवश्य पनि हुन सक्दैन ।

भनिन्छ प्रेममा धोका हुँदैन । धोकामा पो धोका हुन्छ। प्रेममा त प्रेम नै हुन्छ। धोका भयो भने त्यो प्रेम होइन, जाल मात्र हो । प्रेममा मिसावट हुँदैन, मिसावट भएको प्रेम हुँदैन। प्रेम शुद्ध हुन्छ। आजकाल प्रेम गरिन्छ र गराइन्छ । समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै जान्छन् । समयसँगै पहिलेको जस्तो धारणा र सम्पर्कमा कमी आउँदै जान्छ । कसैको प्रेममा फस्नु लागू पदार्थको नसामा धुत हुनु जस्तो हुन्छ । असल र सोझा केटाले मात्र प्रेममा धोका पाँउने कारणहरु यस प्रकार छन्।

१. धेरैजसो केटाहरु आफ्नो अतितका नातावारे आफ्नी प्रेमिकालाई खुलाउन चाहदैनन् । तर, असल, इमान्दार केटाहरु सबै कुरा खुलाएर मात्र आफ्नो नयाँ जीवन शुरु गर्न चाहन्छन् । यस्तोमा केटीहरुमा शंका उत्पन्न हुन्छ । मलाई छोडेर फेरी उसैसंग त जाने होइन भन्ने शंका लागिरहन्छ । केटीहरु आफ्नो मनमनै प्रश्न गर्छन, कसैलाई छोडेर मसंग आएको हो भने मलाई पनि छोडेर अन्त जान सक्छ । यसले केटीको मनमा शंका र भ्रम पैदा गर्छ ।
२. धेरैजसो असल केटा कमाडिंङ प्रवृतिका हुन्छन् । उनीहरु आफ्नो जीवन साथीको धेरै हिसाव राख्छन् । धेरैजसो केटीलाई यस्तो मन पर्दैन । केटीहरु अरुले यसो गर्नुहुन्छ उसो गर्नु हुदैन भनेर अरुले अह्राएको मन पराउदैनन् । एकातिर केटा यसो गरेर आफ्नो साथीलाई सुरक्षित राख्न खोज्छन् तर, प्रायः केटीलाई यस्तो कुरा मन पर्दैन ।

३. असल केटा नियम कानुन अनुसार चल्छन् । त्यस्ता केटा आफूले जसरी नियम कानुन साथीले पनि मानोस र त्यही अनुसार चलोस भन्ने चाहन्छन् । तर, केटीहरु यति धेरै नियम कानुन र प्रतिवन्धको साथ टिक्दै टिक्दैनन् ।

४. असल वा राम्रा केटा अरुले मानोस वा नमानोस उसले जे सोच्छ त्यही ठिक हो र उसले जे बोल्छ, गर्छ त्यही ठिक हो भन्ने खालका हुन्छन् । यस्ता केटासंग कुनै केटी टिक्न सक्दैनन् ।

५. आवश्यकता भन्दा ज्यादा पार्टनरको ख्याल गर्ने केटा पनि केटीहरुलाई मन पर्दैन । कतिपय अवस्थामा यस्तो ज्यादा वास्ता पनि केटीहरुलाई बंधन जस्तो लाग्छ । हरेक केटी आफ्नो तरिकाले बाँच्न चाहन्छन् । केटीहरुलाई माया, प्रेम त चाहिन्छ तर, आवश्यकता भन्दा बढी भएपछि झर्को मान्छन् र सम्वन्धै तोड्ने वारे सोच्न थाल्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!