साहित्य-कला

राखौँ मान धराको

राखौँ मान धराको

म जन्मेको बन उपबनको यो शैलको नै काखभित्र !

सौन्दर्यका हर तरहका छन छटा नै यी कति विचित्र !!

मनको मायाँ जीवन पथमा खोजी हिँड्ने यो जीवनमा !

सौन्दर्यको नव पलहरु खुल्दछन यहाँ हरेक उपबनमा १

 

मनको पाटो यो जीवन पथको कर्म रोपोस यै धरामा !

सद्दभाव मिठा मनभरी फलुन लत्रियोस फल यै गर्हामा !!

नाता साहिनो,घरघर फुलुन वासना झन मगमगाओस् !

एकताको शुभ फल फलोस अव धरा यो जगमगाओस् !२

 

जीवन हाम्रो कर्न यो धरामा बोटमा फल फूलैका वनुन है !

सके, जानेको मन, वचन अनि कर्मका बृक्ष बनि फलुन है !!

जन्म हुन्न पटक पटक यो धरामा यो जीवनलाई नै बुझौँ न !

कर्म लाने हामीले हिम शिखरमा काम यै धरामा पो गरौँ न् !!३

 

यो हो पुर्खाको नासो यस धरतिको मान राखौँ हामी मिलेर !

एकताको बिगुल अव फुकौँ हिमशिखरमा हरेक हामी पुगेर !!

यो नेपाल हो सयथरी जनको साझा एउटा नै फूलको बारी !

हिमाल, पहाड, तराई बस्ने हौँ नेपाली हामी दाजु अनि भाई !!४

 

जन्मको मान राखेर कर्म असल गर्ने यो धरा हो उपहार हाम्रो !

देशको मर्म नबुझी कर्म नगरे रहँदैन धरामा मान भाऊ हाम्रो !!

मनले बुझौँ; मनन् पनि गरौँ; यो धराको हामी अव त महिमा !

गर्दा बन्छ जन्मभूमि यो विश्मा बढ्छ यसको अपार नै महिमा !!५

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!