साहित्य-कला

होलीको उत्सव

कृष्ण प्रसाईं
कृष्ण प्रसाईं

होलीको उत्सव

दुई बर्ष अघि,
मेरी आमाले चुरा फुटाइन् !
त्यही बर्ष,
भूकम्प र नाकाबन्दीले गर्नुगर्‍यो !
लगत्तै मधेशमा,
बैनीको हत्या गरियो !

पोहोर पनि,
भाईको शव,
सुरक्षित ल्याइयो !
छोरीलाई क्यान्सरले थला पार्‍यो !
बिरहको आँधी,
छाती भरी सुसाइ रह्यो !

यसपाली,
कोलाजका रंङ्हरु भर्दा भर्दै,
दाइले,
सीमामा सहादत प्राप्त गर्‍यो, र
यो पवित्र होली,
सेतो कात्रोमा बर्खी बार्दै,
अलिनो बनिरहेको छ !

मोवाइलका म्यासेजहरु पढ्दैछु,
“सहास र धैर्य बटुल”
“शोकलाई शक्तिमा बदल” …..

हो हजुर,
मेरो देशमा रगतले,
रङ झैं,
होली खेलिरहेछ !!

* भर्खरै भारतीय सेनाले निहत्था नेपालीलाई गरेको कायरपूर्ण हत्याको भर्त्सना सहित समृतिमा समर्पण

कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!