टिप्स

केटीले प्रेमीसँग भन्नै नहुने ४ कुराहरु

प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । हाम्रा सबै सम्बन्धहरुमा एक प्रकारका सीमा पनि हुन्छन् । सीमाहरुको ख्याल राखिएन भने सम्बन्धमा समस्या पनि आउन सक्छ । कतिपय युवतीहरुले भावनामा बगेर आफ्ना प्रेमीसँग सम्पूर्ण कुरा खोल्छन् । त्यसको असर नकारात्मक पर्ने गर्छ । केही कुराहरु युवतीहरुले आफ्ना प्रेमीसँग खोल्नै नहुने पनि छन् । प्रेमीहसँग घुलमिल हुँदै जाँदा भावनामा बगेर सम्पूर्ण कुरा खोल्ने बानी राम्रो होइन । खासगरी यि कुरामा युवतीहरु सचेत हुनुपर्छ । यस्ता छन् केटीहरुले प्रेमीसँग भन्नै नहुने ४ कुराहरु,जानी राखौ ।

१. साथीको गोप्य कुरा

यो सबैभन्दा महत्वपूर्ण कुरा हो । कहिले पनि आफ्नो ब्वाइफ्रेण्डलाई आफ्ना साथीहरुको गोप्यकुरा सुनाउनु हुँदैन किनभने साथीहरुले आफ्ना गोप्यकुरा विश्वास गरेर भनेका हुन्छन् ।

२. पासवर्ड

पासवर्डको कुरामा निक्कै सचेत हुनुपर्छ । कतिपय युवतीहरुले भावनामा आएर आफ्ना पासवर्ड प्रेमीसँग शेयर गर्छन् । तर त्यो घातक हुन सक्छ । त्यसैले पासवर्डहरु कहिले पनि भन्नु हुँदैन ।

३. परिवारका कुरा

आफ्नो परिवार भित्रका कुरा आफ्नो मनमा राख्नु नै उपयुक्त हुन्छ । किन भने कतिपय अवस्थामा भावनामा आएर प्रेमीसँग परिवारभित्रका कुरा शेयर गर्दा त्यसको परिणाम नकारात्मक हुन सक्ने खतरा हुन्छ ।

४. विगतको विषयमा

यदि तपाइँ आफ्नो अघिल्लो सम्बन्ध वा कुनै ब्यक्तिगत कुरा गर्नु हुन्छ भने प्रेमीलाई सबैकुरा भन्नु राम्रो होइन । बताइहाले पनि पुरै कुरा बताउनु हुँदैन । यस्ता कुरा शेयर गर्दा पनि सम्बन्ध धरापमा पर्न सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु

पुरुषलाई थाहै नहुने महिलाका ७ रहस्यहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!