आयुर्वेदघरेलु उपचार

चायाँबाट बच्ने उपाय र यसको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल यो समस्या अधिकांशमा देखिन थालेको छ । चायाँको समस्यालाई हेलचेक्र्याइँ गर्दा तालु रातो हुने, अत्यधिक चिलाउने, बढी कनाउदा घाउ समेत हुने गर्दछ। चायाँ हुनुको प्रमुख कारण सरसफाईको अभाव भनिएको छ । चायाँबाट बच्न नियमित रूपमा कपाल नुहाउँदा राम्रो हुन्छ । तर टाउको नुहाउन बढी मात्रामा स्याम्पुको प्रयोग गर्नुहुँदैन । कपालको सौन्दर्य बढाउन अत्यधिक रसायनको प्रयोग गर्ने बानी हुन्छ । याे घातक हाे। त्यस्तो बानी तत्काल हटाउँदा राम्रो हुन्छ।

आफ्नो स्वास्थ्यप्रति हमेसा सजग रहने मानिसलाई प्राय: यस्ता समस्याले नपिरोल्न सक्छ । हामीले विगद लामो समयदेखि यस्ता विषयमा प्रकाश पार्दै आएका छौं । आज हामीले चायाँबाट कसरी समस्या हल हुन सक्छ भन्नेबारे उपचार दिन गइरहेका छौं फाइदा उठाउनु हुनेछ । कयौ पटक थुप्रै औषधि र स्याम्पुहरुको प्रयोग गर्दा पनि ननिख्रेको चायाँ सामान्य उपचारबाट पनि निको हुने गरेको पाइन्छ । आजकाल मानिसहरू घरेलु औषधि भन्दा बनि बनाएको औषधि प्रयोग गर्न रूचाउने गरेको पाइन्छ । के कस्तो औषधि लगाउनाले यो समस्या हल हुन सक्छ ,जसको लागि हामीलाई त्यस सम्वन्धि ज्ञान हुन आवश्यक छ ।

चायाँ हटाउने घरेलु तरिका

१. चायाँको सबैभन्दा ठूलो कारण हो टाउकोको छाला राम्रोसँग सफा नहुनु । त्यसैले चायाँको समस्या हुँदा कपालको सफाईमा विशेष ध्यान दिनुपर्छ । हप्तामा दुईदेखि तीन पटक कपाललाई कुनै राम्रो हर्बल स्याम्पुले धुनुपर्छ ।

२. यो सिजनमा कागती पाइन्छ । यदि कपालमा चायाँ छ भने तातो तेलमा कागतीको रस हालेर मालिस गर्दा चायाँ हट्छ । साथै कपाल झर्न पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतीको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ ।

३. स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ ।

४. अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चायाँ जान्छ ।

५. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चायाँ जान्छ ।

६.करिव ५ वटा कागती काटेर पानीमा निचरेर रस निकाल्नुस र कपाल धुनुस तपाईको कपालमा रहेको चायाँ छिटै हटेर जान्छ ।

७. एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चायाँ हटेर जान्छ ।

८. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चायाँ पूर्णरुपले हराएर जान्छ ।

९. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चायाँ हट्छ ।

१०. नियमित कागती दल्ने र नुहाउने र गर्नाले यो समस्या हराएर जान्छ ।

नोट : बढी चायाँ भएमा डाक्टरको परामर्शमा उपचार गर्नु राम्रो हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

कपालमा चायाँ आउने कारण

कपालको चायाँ हटाउने घरेलु उपचार

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!