हेल्थ टिप्स

महद्वारा विभिन्न रोगको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महको व्यापार आज नेपालमा फस्टाउदै गएको छ । महद्वारा के कस्ता रोगको उपचार हुन सक्छ भन्ने जानकारी हुन सकेमा राम्रो फाइदा हुने देखिन्छ । आज हामीले महद्वारा के कस्ता छाला सम्वन्धी रोगको उपचार गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्नेछौं ।

भगवानले जसरी हामीलाई मानव अवतारको रूपमा जन्म दिनुभयो त्यसरी नै उहाँले रोग भगाउनका लागि औषधि पनि दिनुभयो तर हामी अल्छी हुनाले यस्ता औषधि प्रयोग गर्नबाट बन्चित भएका छौं यो नितान्त गलत छ । प्रकृतिको उपहारबाट हामीले आफ्नो रोगको उपचार गर्न सके राम्रो फाइदा हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्  

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

उपचार गराउदा अनुभवी वैद्यको परामर्श लिएर उपचार गराउने बानी बसाल्न सके अझ राम्रो हुनेछ । हुनत यस्ता प्राकृतिक औषधिको कुनै साइड इफेक्ट छैन तर पनि उपचार गर्ने विधि जान्न सके अझ राम्रो हुने हाम्रो विश्वास छ । आउनुस जानौं महबाट छालाको उपचार गर्ने विधि तल प्रस्तुत गरिएको छ ।

उपचार

१. महलाई शिरमा लगाउनाले लिखा र जुम्रा मर्दछ भने भविष्यमा हुन दिने छैन् ।

२. चोट लाग्नुको कारणले शरीरमा निलो दाग बसेको छ भने मह र नुन मिसाएर लगाउनाले हटाउदछ ।

३. पाकेर घाउ गहिरो भएको छ भने मह लगाउनाले घाउ चाडो निको हुन्छ ।

४. पोलेको ठाउमा मह लगाउनाले ठिक हुनुको साथै दाग समेत हराउछ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!