खानपान

धनिया र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धनिया हाम्रो भान्सामा तरकारी, दाललाई सुगन्धीत बनाउन र अचारको रूपमा खान सवैभन्दा बढी प्रयोग हुने गरेको पाइन्छ । धनियालाई पनि जडिबुटीको रूपमा मान्दै आएको छ । धनिया एउटा प्राकृतिक रूपमा उम्रने अचारको रूपमा सबैले चिनेको तर धनियाबाट के कस्ता रोग निको पार्न सकिन्छ भन्ने कुरा अधिकांशलाई थाहा नभएको हुन सक्छ । आज मैले औषधिमा यसको प्रयोगबारे प्रकाश पार्नेछु ।

धनियाको अन्य प्रयोग

धनियामा पाइने पौष्टिक तत्व (Nutrients in Coriander) धनियामा थुप्रै मिनरल्स र भिटामिन पाइन्छ । धनियामा पोटेशियम १४ प्रतिशत, फाइबर ११ प्रतिशत, कैल्शियम ६ प्रतिशत, आयरन ९ प्रतिशत, भिटामिन बी लगायत मैग्नेशियम, भिटामिन सी, सोडियम प्रयाप्त मात्रामा पाइन्छ ।

यो पनि पढ्नुहोस्

बेथेको साग र यसका फाइदाहरु

सौंफ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

१. हरियो धनियाको प्रयोगले सुन्निएको, एन्टि-इन्फ्लेमेट्री गुण भएकाले यो महत्वपूर्ण मानिएको छ । हरियो धनियाको प्रयोगबाट पाचनतन्त्रमा पनि राम्रो फाइदा गर्दछ । पेटका रोगीले धनिया सेवन गर्नु राम्रो हो ।

२. हरियो धनियाले ब्लड सुगरमा पनि राम्रो फाइदा गर्दछ । नियमित धनिया सेवन गराउदा इन्सुलिनको स्तरलाई सहि बनाउने काम गर्दछ ।

३. धनियाको बीउको प्रयोगले फ्याट घटाउन पनि राम्रो भुमिका खेल्दछ । धनियसलाई पानीमा राखेर पकाउने र चिया जस्तै गरि पिउनाले बोसो कम गर्दछ ।

Like & Follow us on Facebook

४. धनिया पिसेको पाउडरमा भिटामिन सी पाइने भएकाले रूघामा राम्रो फाइदा गर्दछ । रूघा निको बनाउन बिउलाई पानीमा राखेर उमाल्ने र पिउने फाइदा गर्दछ ।

५. धनियाको बीउको प्रयोगले आयरनको पुर्ती गर्ने भएकाले सेवन गराएर लाभ उठाउ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!