हेल्थ टिप्स

भिटामिन डी र यसको महत्व


डा. राम बहादुर बोहरा

भिटामिन डी मानिसलाई सवैभन्दा बढी चाहिने हुन्छ । यसको अभावमा हड्डी कमजोर हुनाले असमयमा हड्डी खिइने टुट्ने फुट्ने जस्ता समस्या आइलाग्न सक्छ । भिटामिन डी को राम्रो स्रोत भनेको सुर्यको किरण हो । भिटामिन डी प्रशस्त मात्रामा सुर्यको किरणमा पाइने भएकाले सुर्यको प्रकाश पर्ने हरेक वस्तुमा भिटामिन डी पाइने हुनसक्छ ।

आजकल बजारमा भिटामिन डी युक्त औषधि प्रशस्त पाइन थालेको छ । रगतमा भिटामिन डीको मात्रा प्रति २० मोनोग्राम प्रति मिलीलीटर भन्दा बढी हुन आवश्यक छ यो भन्दा कम भएमा बेफाइदा हुन सक्छ । शरीर मोटाउन थालेमा पनि भिटामिन डीको कमी हुन थाल्दछ । आजकल फास्ट फूड र जंक फूडको कारण मानिस मोटाउनाले भिटामिन डीको कमीको खतरा बढ्ने गरेको छ ।

भिटामिन डी प्राकृतिक रूपमा मासाहारीमा भन्दा शाकाहारी भोजन फलफूल बढी खानेहरूमा कम हुन सक्छ भनेको छ तर मेरो विचारमा यो गलत छ किनकि सुर्यको प्रकाश पर्ने हरेक वस्तुमा भिटामिन डी हुन सक्छ । भिटामिन डीको कमी हुनाले कैक्सियम र फास्फोरस शरीरमा भिज्न पाउदैन यसको परिणामस्वरूप हड्डीमा र दाँतमा कैल्शियम जम्न पाउदैन र शरीर कमजोर हुदै जान थाल्दछन् ।

भिटामिन डी को कमीले मात्र हड्डीलाई बलियो बनाउने होइन यसले मासपेशीलाई समेत बलियो बनाउने काम गर्दछ । भिटामिन डीको अर्को काम भनेको आस्टियोकैल्किन नामक प्रोटीनको निर्माण गर्नु पनि हो । यसको खास काम हड्डी र मासपेसी बढ्नमा मद्दत गर्दछ । उमेर बढ्नुको साथै किडनीको कार्य क्षमतामा प्रभाव पर्न थाल्दछ फलस्वरूप भिटामिन डी परिवर्तन हुन सक्दैन यसको असरले पाचनतन्त्रमा समेत प्रभाव पार्न सक्छ ।

भिटामिन डी पाइने स्रोतहरूमा माछा, दूध, सुन्तला, अन्न, मशरूम, माछा, पनीर, कॉड लिवर ऑयल, पोर्क (सूगुरको मासु) आदिमा प्रशस्त भिटामिन डी पाइन्छ । यसको नियमित प्रयोगले हाम्रो हड्डी र मासपेसी बलियो हुनाले जोर्नी दुख्ने, सानातिना घटनामा हड्डी टुट्ने फुट्ने जस्ता अन्य समस्या हटाउन ठूलो मद्दत गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

खोर्सानीका फाइदाहरु

जाडोमा अकबरे खुर्सानी खानुका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!