धर्म-सस्कृति

चलिआएका परम्परा नमासौं

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

श्राद्धको दिन डोकामा बिरालो थुनेर श्राद्ध बुबाले गरेको देखेर छोराले पनि बिरालो डोकाले थुनेर श्राद्ध गर्दोरहेछ । यो परम्परा चल्दै आएको बेला बाबु बितेकाले बिरालो ढाक्नुपर्ने बिरालो रहेनछ । बिरालो थुन्नुको कारणबारे छोराले एउटा थेसिस लेख्ने जमर्को गरेर घरबाट हिडेछ बाटामा उसको बास परेछ ।

त्यो घरमा पनि त्यो दिन श्राद्ध रहेछ त्यहाँ उसले डोकामा कुखुरा थुनेर श्राद्ध गरेको देखेछ र सोधेछ यसो किन गरेको भन्ने कुरामा श्राद्ध गर्दा यस्ता पशुले छोएमा अपबित्र हुन सक्छ र पशुलाई थुनेर पुजा गर्दा विघ्न नहुने कुरा थाहा पाएपछी उसले त्यो दिनदेखि बिरालो नथुनी श्राद्ध गर्दो रहेछ ।

कुनै पनि काम गर्दा हामीले सवैभन्दा पहिले हिन्दू संस्कृतिले देखाएको गोरेटोमा हिड्नु राम्रो हो । यसभित्र भएका खराब कुरालाई सच्याउन सकिन्छ तर यो परम्परा मास्नाले यसको प्रभाव सन्तानमा जान सक्छ । हामीले जस्तो बाटो देखाउछौं हाम्रा सन्तानले त्यस्तै गोरेको खन्ने छन् ।

Like & Follow us on Facebook

आफ्नो मौलिक धर्म संस्कृति हामीले मान्दै आएकामा आज आएर विदेशी नक्कल गर्नेहरुको कारण हाम्रो धर्म संस्कृति धरापमा पर्दैछ । कुन देशले आफ्नो धर्म मानेको छैन यदि मानेको छैन भने त्यो हो नेपाल । धर्म संस्कृति नभएको देशको अवस्था दयनिय हुन्छ हेक्का राखौं । जहाँ धर्म हुदैन त्यहाँ दवाब सिर्जना हुन सक्छ ।

आज अमेरिका होस वा इरान इराक होस या चाइना किन नहोस् आफ्नो धर्म जोगाउन पैसालाई पानी जस्तै बगाएकाछन् । हामी आफ्नो धर्म बेचेर चन्दा र सहयोगमा बिक्दैछौं । धर्म मास्नाले आफुलाई मात्रै होइन यसले राष्ट्रलाई समेत नोक्सान हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!