जीवन-दर्शन

आज प्रेम दिवस

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

दुई आत्माको पवित्र मिलनलाई प्रेम भन्दछन् । प्रेमको परिभाषा व्यक्तिपिच्छे फरक हुन सक्छ। प्रेममा सानो ठूलो तल्लो माथिल्लो भन्ने शब्द हुदैन त्यहाँ केवल त्याग र बलिदान मात्र हुन्छ । यो संसारका व्यक्तिहरूलाई आफ्नो प्रेम जालमा बाँधेर राखेको छ भने प्रेमकै विषयले मान्छे बीच असामञ्जस्य पनि सिर्जना गरेको छ। आखिर के हो त प्रेम?

प्रेम गरेर दाम्पत्य जीवनयापन गरेकाहरू किन डिबोर्स गर्दछन् ? हामीले हमेसा एउटा कुरा बुझ्न के आवश्यक छ भने प्रेम विवाह भन्दा आमा बुबाले रोजेर गरेको विवाह नै ठिक त छैन भन्ने तर्फ ध्यान जानुपर्ने समय आएको छ । हामीले समाजमा अनेकौं यस्ता जोडी हेरेका छौं र उनीहरुको जीवन सफल पनि पाएका छौं ।

आज भ्यालेन्टाइन डे तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहमा लाग्दा सैनिक सेवा खल्बलिन्छ भन्ने ठानेर प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए। प्रेम दिवस हाम्रा गाउँ सहरमा पनि आइपुगेको छ। प्रेमको परिभाषा, विशेषता, स्वभावबारे जेजस्ता व्याख्या भएपनि कतिपयले प्रेममा मन मिल्नुपर्छ भने पनि यो शाश्वत र स्वस्फूर्त प्राकृतिक स्वभाव हो, मान्छे र अन्य प्राणीको हकमा समेत लागु हुनसक्छ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा खल्बलिन्छ भन्ने ठानेर प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन नामका सैनिकले सम्राट्को निर्णय आफ्नो धर्मविरुद्ध रहेको माने । उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

उनले राजाको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गराए । निषेधाज्ञा तोडेको आरोपमा उनलाई मृत्युदण्ड दिइयो । प्रेम र विवाहका लागि प्राणै दिने तिनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!