हेल्थ टिप्स

गर्मी मौसममा अपनाउनुपर्ने सतर्कता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गर्मी मौसम शुरु भएको छ । गर्मीमा सवैभन्दा बढी रोग लाग्ने भएकाले खानपिनमा बढी ध्यान पुराउन आवश्यक छ । गर्मी र जाडो मौसमको तुलना गर्दा गरिबलाई गर्मी र अमिरलाई जाडोको महत्व ठूलो हुने गरेको पाइन्छ । गर्मी याममा हामीले खाने हरेक बस्तु बासी नहोस् भन्ने कुरामा बढी ध्यान दिन आवश्यक छ । रोग लाग्नुको खास कारण भनेकै खानपानमा लापरबाही हो । यदि हामीले खानपिनमा ध्यान दिन सकेको खण्डमा कुनै पनि रोग नलाग्न सक्छ ।

यो पनि पढ्नुहोस्

गर्मीमा मेवा खानुका फाइदाहरु

गर्मीमा काँक्रो खानुका फाइदाहरु

गर्मी मौसममा के खाने ?

गर्मीमा बढी पसिना आउन नदिन के गर्ने ?

गर्मीमा पसिना किन आउँछ ?

गर्मी मौसममा सवैभन्दा बढी रोग लाग्ने हुनाले स्वास्थ्यमा बढी ध्यान दिन आवश्यक छ । झाडापखाला, मलेरिया, टाइफाइड, भाइरल ज्वरो जस्ता रोगको प्रभाव बढी हुने हुनाले फोहर खाना र झिगा भन्केका खानाले स्वास्थ्यमा धेरै असर हुन सक्छ । गर्मी याममा सवैभन्दा बच्चाहरुमा बढी रोग लाग्ने हुनाले बच्चाहरूको स्वास्थ्यमा राम्रो ध्यान पुराउन आवश्यक छ । गर्मीमा मलेरियाको खतरा बढि हुने हुनाले खाल्डा पुर्ने, कुना काप्चाको मैला सफा गर्ने जस्ता काम गरेमा मलेरिया फैलनबाट रोक्न सकिनेछ ।

गर्मी मौसममा के खाने ?

१. मौसमी फल र हरियो साग सब्जी ज्यादा खाने ।

२. गर्मी मौसममा पाइने फलफूल प्रसस्त खाने गर्नुपर्दछ ।

३. तरबुजो र खरबुजो, काक्रो, पुदिना खाने गर्नुपर्छ ।

४. गर्मीमा दुधको सट्टा दहि खाने गर्नुपर्छ ।

५. गर्मीमा प्याजको सेवन रोग भगाउन राम्रो फाइदा गर्दछ ।

६. गर्मी मौसममा पाइने अंगुरले राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

रोगबाट बच्न के गर्ने ?

अल्छी गरेर मच्छर दानी प्रयोग नगरी सुत्ने बानी नगरौ, घर वरपर सफा राखौं, स्वास्थ्य सस्था वा हेल्थ क्लिनिकमा गएर जाँच गराऔ अनि वाहिर बस्दा पुरा कपडा लगाऔ । घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गरौं यसैमा सबैको कल्याण हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!