हेल्थ टिप्स

दमको रोग र ईसबगोल भुसि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दमको रोग एक श्वासप्रश्वाससित सम्बन्धित रोग हो । दमको रोगलाई अंग्रेजीमा आस्थमा भनिन्छ । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ ।

आस्थमामा श्वासप्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वासप्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् । दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ ।

भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ । यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फि्रजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन । आज हामीले दमको अनौठो अपत्यारिलो खालको औषधि बारे जानकारी पस्कन गइरहेका छौं । ईसबगोल भुसि यो खास गरि कब्जियत हटाउन प्रयोग गरेको पाइन्छ । तर आजको लेखमादमको उपचार पनि इसबगोलको प्रयोगले दम निको हुन्सक्छ ।

दमको रोग कसरी लाग्छ भन्ने विषय बारे जानकारी पाउनु भयो तर पेटमा हामीले खायको अन्न मात्र होइन थुप्रै विकार पदार्थको भन्डार छ जब हामीले यो भन्डारलाई सफा गर्दैनौ यस्ले कालान्तरमा दमको रोगले आक्रमण पनि गर्न सक्दछ । अत्यधिक कफ पैदा भएपछि दम सुरु हुन्छ यदि हामीले कफ सफा गरिदिन्छौं भने हामीलाई दमको रोग न लाग्न सक्छ । ईसबगोल १० ग्राम जति पाउडर नित्य राति ४ हप्ता सम्म सेवन गर्नाले क्रमस यो रोग निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

खोकी र यसको घरेलु उपचार

दमको कारण र उपचार

खोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!