खानपानहेल्थ टिप्स

जान्नुहोस् ! यस्ता छन् जाडो मौसममा के खाने र गर्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जाडो मौसममा के खाने र गर्ने ? धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको छ । विज्ञहरुका अनुसार मंसिर अन्तिम सातादेखि चिसो ह्वात्तै बढ्दै गएको र यो जाडो तीन वर्षयताकै बढी भएको हाम्रो दाबी छ। चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका छन् चिसोकै कारण गत वर्षभन्दा दोब्बर श्वास प्रश्वासका बिरामी बढेको केहि हस्पिटलको रेकडले देखाएको छ ।

जाडो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षा क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ । जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रदक तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्य पदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ ।

हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अत: हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ ।

मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ । जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।

गत बर्ष दैनिक पाँच जना श्वासप्रश्वासका बिरामी आउने गरेकामा यसपालि दैनिक दश जना आएका छन् । ‘बढी चिसो भएर हो, बिरामी हवात्तै बढेकाले यस तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहंन्छौं । समाज स्वास्थ्य भए राष्ट्र स्वास्थ्य हुन सक्छ यसतर्फ सवैको ध्यान पुग्न आवश्यक छ ।

जाडो मौसममा गर्ने कामहरु

१. जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

२. बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

३. तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

४. भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

५. मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

६. स्वासप्रश्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

७. बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

८. जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।

९. हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

जाडो समयमा शरीर किन काम्छ ?

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

जाडो मौसममा खाने खानेकुराहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!