जीवन-दर्शन

प्रेमको परिभाषा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रेमको परिभाषा लेख्नुपूर्व हरेक व्यक्तिले जीवनमा एकपल्ट अवश्य पनि प्रेमको अनुभव गरेको हुन्छ । प्रेमलाई लेखेर अभिव्यक्ति दिने महान प्रेमीहरू थुप्रै छन् । संसारमा प्रेमको नाममा आफ्नो जीवन बर्बाद गर्ने अमरप्रेमी पनि छन्, जसले आफ्नो प्रेमलाई सफल र अमर तुल्याएका छन् । कोहीले भने जंगलमा लगेर जिउँदै प्रेमिकालाई जलाएका पनि छन् ।

प्रेमबारे भन्ने हो भने यसलाई अभिव्यक्त गर्ने कुनै शब्द नै छैन । प्रेम त केवल प्रेम हो, बस् एउटा अनुभूति र एउटा भावना मात्र । यसलाई अभिव्यक्त गर्ने कुनै शब्द नै हुँदैन । प्रेम लेख्ने शब्द होइन्, यो त एउटा अनुभूति हो । कहिले प्रेमसँग जिउछौँ भने कहिले हामी प्रेमका लागि मर्ने गर्छौं । प्रेम शब्द नै अनौठोको छ ।

यसरी हाम्रो जीवनमा कति बेला प्रेम एउटा जिउने आधार बनाउछौँ भने कहिले मर्ने एउटा माध्यम बनाउन पुग्छौँ । यसबारे स्वयं हामी नै अनभिज्ञ हुन्छौँ । प्रेमलाई परिभाषित गर्ने महान प्रेमीहरू थुप्रै छन् । उनीहरूले आ-आफैनै ढंगले प्रेमको व्याख्या गरेका छन् ।

प्रेम शब्दद्वारा व्याख्या गर्ने साहित्यहो भन्न रुचाउँदैनन् । उनीहरूको विचारमा प्रेम त एउटा ग्रन्थ हो, धर्म हो र परम्परा हो । यो युगौँदेखि प्रसारित एउटा परम्परा हो । जो वंशवंश चल्दै आउँछ र जसले हरेक व्यक्तिलाई समेटेको हुन्छ । यदि प्रेम हुदैनथीयो भने यो धर्तीको अस्तित्व पनि समाप्त हुने थियो ।

आज प्रेमलाई गलत ढंगबाट प्रयोग गर्ने प्रमप्राको जग बस्दै गएको छ । कोही प्रेम जबर्जस्ती थुपार्न चाहन्छन् भने कोही प्रेमको गलत फाइदा उठाउछन् । आज ब्लतकार हत्या जस्ता घटना दिन प्रती दिन बढ्नु पनि प्रेमकै कारण नहोला भन्न सकिदैन त्यसैले प्रेम गर्दा सोचेर गरौं भन्ने हाम्रो परामर्श छ ।

आज राष्ट्रपर्ति भन्दा राष्ट्रको ढुकुटीमाथि प्रेम गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । यही कारणले नै धर्मलाई अफिम मान्ने तर प्रेमलाई गलत तरिकाले प्रस्तुत गर्ने परिपाटी फलेको छ फूलेको छ । जब सम्म प्रेमको मर्मलाई हामी बुझ्न सक्दैनौं तब सम्म हामीले चाहेर पनि आफुलाई बदल्न सक्ने छैनौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

के हो प्रेम ?

माया के हो ?

प्रेम र यसको परिभाषा

प्रेममा धोका किन हुन्छ?

के प्रेम केवल एकहोरो हुन्छ ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!