हेल्थ टिप्स

नियमित कालो चिया पिउनुका फाइदाहरु 

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकल कालो चियाको प्रयोग बढी हुन थालेको छ । यसको प्रमुख कारण भनेको सेतो चियामा हुने खराब तत्वले ग्याष्ट्रिक उत्पादन गर्दछ भन्ने जनचेतनामा बृद्धि हुनुलाई प्रमुख रूपमा लिइएको छ । कालो चिया अर्थात् ‘ब्ल्याक टी’ संसारभर नै उपभोग हुन्छ ।

कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चीनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् । भारत, नेपाल लगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् ।

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् । अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

विश्वभरमा सबैभन्दा रुचाइने कालो चिया हो । बढी कालो चिया सेवन हानिकारक हुनसक्छ भन्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । जर्जिया मेडिकल कलेजमा भएको खोजमा बढीमा २ देखि ४ कप कालो चिया पिउनाले भने केही बेफाइदा नहुने देखाएका छन् ।

१. रोगप्रतिरोध

जाडोमा कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।

२. छिट्टै बुढोपन देखिँदैन

कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टाक्सिन्सलाई बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन।

३. पेटको रोग

कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

४. उच्च रक्तचाप

बिशेषज्ञका अनुसार कालो चियामा फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लीरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ । सेतो चियाको सट्टा कालो चिया बहुउपयोगी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

किन कालो चिया नै खाने ?

रातो चिया पिउनुको फाइदा

किन कालो चिया नै खाने ?

जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदाहरु

चिया कफी पिउनुका फाइदाहरु र बेफाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!