खानपान

सेतो चिया पिउनुका बेफाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सेतो चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु नहुने अध्ययनले देखाएको छ । दूधको चिया अत्यधिक प्रयोग गर्नाले हुन सक्छ

१. सेतो चिया दिनमा ५ कप भन्दा बढी पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

२. तातो चिया पिउने मानिसमा खाना खानेनली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणा बढी हुने ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनले देखाएको छ ।

३. धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो ।

४. तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ जलाउदछ ।

५. दूध चियाले मोटोपन बढाउछ ।

६. चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रान सक्छ ।

७. दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो ।

८. दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

किन कालो चिया नै खाने ?

रातो चिया पिउनुको फाइदा

किन कालो चिया नै खाने ?

जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदाहरु

चिया कफी पिउनुका फाइदाहरु र बेफाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!