आयुर्वेद

गाजा र यसको उपयोगिता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाजा अति उपयोगी औषधि अन्तर्गत पर्दछ । सरकारले यस्ता बस्तुलाई नष्ट गर्ने होइन यसको उत्पादन बढाएर देशको आर्थिक स्तरमा सुधार गर्न सक्ने देखिन्छ । नेपाल बाहेक अन्य देशहरूमा गाजाको प्रतिबन्ध फुकुवा गरेको पाइन्छ तर नेपालमा अझै पनि गाजालाई लागू औषधको रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधको रूपमा हेर्छ र दण्डित गर्छ ।

यो पनि पढ्नुहोस्

घिउ कुमारी र यसको उपयोगिता

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

गाजाको सेवन गर्नेहरूले ओभर डोज खाएर कसैले पनि ज्यान गुमाएका छैनन् । सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेख अनुसार ड्रग एक्स्पेर्टले गरेको अध्ययन अनुसार चुरोट र रक्सीको असरभन्दा गाजाको असर तुलनात्मक रूपमा कम देखिएको छ।

औषधि विज्ञानले गाँजालाई अहिले उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ । ‘ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, मृगी र अनिन्द्रा,दम, अपच जस्ता समस्याको उपचारका निम्ति गाँजा उपयोगी देखिन्छ ।

क्यान्सरका सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागू औषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । कतिपय अवस्थामा गाँजाले हृदयगति बढाउने, धुवाँले श्वास-प्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव नपार्ला भन्न सकिदैन । कुनै पनि बस्तुको सेवन बढी गरिन्छ भने त्यसको असर पक्का हुन सक्छ ।

Like & Follow us on Facebook

यी उदाहरण दिनुको तात्पर्य हामीले गाजाको नीजि प्रयोगको लागि प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ भन्ने हो । गाजालाई लागुऔषध अन्तर्गत राखेकाले यसको कानुन पनि कडा पारेको देखिन्छ ।

अध्ययन अनुसार ६ मिलियन मानिस चुरोट सेवनले हरेक साल मर्ने गर्छन् । यही क्रम रहे सन् २०३० सम्म चुरोटको कारणले ६ मिलियन मानिसको ज्यान जान सक्नेछ । त्यस्तै अर्को अध्ययन अनुसार रक्सीको सेवनबाट संसारमा २.५ मिलियन भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तर गाजा सेवनबाट अहिलेसम्म कसैको ज्यान गएको सुनिएको छैन ।

बदलिदो समय अनुसार गाजामा लगाइने कानुनलाई बदल्नुपर्ने देखिन्छ । यस्तो बहुमुल्य औषधि बनाएर आर्थिक स्तरमा सुधार गर्न यसको खेती गरेर औषधि उत्पादन गराउन सके ठूलो उपलब्धि हुने देखिन्छ ।

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधि लगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

एकजना विदेशी नागरिकले भनेका थिए, नेपालमा भएको अमूल्य गाजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यस सम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!