घरेलु उपचारस्वास्थ्य

पायल्स र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज नेपालमा सवैभन्दा बढी देखिएको दाद पछिको पायल्स रोग हो । खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन् । पायल्स भनेको दिसामा रगत जानु हो । पायल्स हुनुको प्रमुख कारण कब्जियत हो यो नकार्न सकिदैन ।

दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं । रगत जाँदा दिशा टाइट हुनाले गुदद्वार च्यातिएर दुख्ने गर्छ यदि नदुखी रगत जान्छ भने त्यो पायल्स नहुन पनि सक्छ । पायल्स थुप्रै कारणले गर्दा हुन्छ । मुख्य कारण कब्जियत हो । महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ । गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ ।

पायल्सको उपचार

पायल्स दुई किसिमको हुन्छ । मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ । बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ ।

लापरबाही गरे के हुन्छ ?

लापरबाही गर्योु भने जटिलता आउन सक्छ । रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ । कहिलेकाहीँ संक्रमण समेत हुन्छ । मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगत समेत जम्छ । यसले क्यान्सर भने गराउँदैन ।

के खाने / के नखाने ?

धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन । यसको मुख्य कारण कब्जियत हो । त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ । मासु लगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसला, माछा मासुले पनि कब्जियत गराउँछ । हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन ।

उपचार

१. पायल्सका लागि हामी आयुर्वेदिक होम्योपैथीक र एलोपैथिक औषधि दिएर रोग जडैदेखि निको बनाइदिन्छौं । आजकाल कब्जियत हटाउन इसब गोलबाट बनाएका थुप्रै औषधि बजारमा उपल्ध छन तीमध्ये आइसोलेक्स पाउडर राती सुत्ने बेला एक गिलास पानीमा राखेर खाएमा विहान खुलेर दिशा लाग्दछ ।

२. डोबिक्याल ५०० मि.ग्रामको क्यापसुल दिनमा २ पटक खान दिने ।

३. पाइलोमा क्याप्सुल खाना भन्दा १० मिनेट पहिले दिनमा २ पटक खान दिने ।

४. पाइलोकेयर ओइन्टमेन्ट दिनमा २ पटक दिशा गरेर आइसकेपछि र साझ पख लगाउनाले यो रोगमा स्थाई फाइदा हुन्छ । यस्तो समस्या देखिएमा डाक्टरको परामर्शमा उपचार गर्नुहोस् ।

नोट : कुनै पनि औषधिको प्रयोगबाट पायल्स निको नभएको भएमा ९८५७०४०२९८ मा फोन गर्न नभुल्नु होला । हामीले धेरै पटक बक्सिस खाइसकेका छौं । अप्रेसन गरी सकेको भए पुन: सर्जनलाई भेट्न सक्नु हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

टाउको दुख्नुका कारण र उपचार

पेट दुख्ने समस्या र यसको घरेलु उपचार

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

सास गनाउने समस्या र यसको उपचार

दाँतको रोग र उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!