सूचना प्रविधि

फेसबुकको नसा र उपयोगिता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विगत लामो समयदेखि म फेसबुक चलाउदै आएको छु । फेसबुकको नसा पनि अजिबको रहेछ । दिनमा एक पटक न हेरी मनले नमान्ने तर यसले हाम्रो समयलाई धेरै बर्बाद गरेको होकी भन्ने लागेको छ । आज प्रेम विवाह गराउन, घटनाको तुरुन्त जानकारी दिन र नयाँ नयाँ जानकारी दिन फेसबुकले राम्रो भुमिका खेलेको छ । फेसबुक सामाजिक संजालको उत्पादन गरेर मानिसलाई समय कटाउने माध्यम बनाएको छ ।

यो पनि पढ्नुहोस्

फेसबुकमा छाएको हल्ला BFF को अर्थ के हो ?

फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरु

अब फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने

तपाइँको फेसबुक अरु कसले हेरिरहेको छ, यसरी थाहा पाउनुस् !

खुसीको खबर अर्को फेसबुक प्रयोगकर्तालाई

आज कतिपय मानिस कामै छोडेर फेसबुकमा लागेको हेर्दा बास्तबमा यो राम्रो हो जस्तो लाग्दैन । मलाई आजकल फेसबुकको इन्ट्रेष्ट कम हुदै गएको अनुभव गर्दैछु । पब्लिकलाई जानकारी होस् भन्ने उद्धेश्यले म फेसबुक संजालमा लागेको हुं । तर फेसबुकमा राम्रो लेखप्रति मानिसको ध्यान नपुगेको हेर्दैछु ।

मेरो अनुभव अनुसार धेरैजसोले नपढि कमेन्ट गरेको देख्दा फेसबुकको अर्थ नरहेको मेरो बुझाई छ । आजकाल सामाजिक संजालमा राजनीति अखडा बन्न थालेको छ । फेसबुकलाई सहि ढंगबाट प्रयोग गर्न सकेमा सुचनालाई दुर्त गतिमा सुचना एक अर्कामा पुर्याउन सहज देखिन्छ । जनतालाई समेत फाइदा हुन सक्ने मेरो अनुभव छ । नेपालीहरू हिजो आज पत्रपत्रिकामा भन्दा फेसबुकमा बढी आकर्षित भएको हेर्दा यसले राम्रो सुचना दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सहि तरिकाले फेसबुकलाई प्रयोग गरौं भन्ने मेरो परामर्श छ । गलत तरिकाले प्रयोग गर्दा यसले अपराध बढाउन सक्छ । समाजमा गलत सुचना प्रबाह गर्न सक्छ । गलत सुचनाले व्यक्तिलाई मात्र होइन समाजलाई समेत धमिलो पार्न सक्छ । आत्माहत्या जस्ता घटना वृद्धि हुनुमा फेसबुकको हात रहन सक्ने हुनाले यसलाई कडाईका साथ प्रस्तुत गर्न सके वेफाइदा होइन फाइदै फाइदा छ ।

Like & Follow us on Facebook

अल्पविकसित राष्ट्रले समयलाई विशेष तरिकाले हेर्न सकेमा धेरै फाइदा उठाउन सक्ने देखिन्छ । मानिसले समयलाई केवल मनोरञ्जनमा राखेको अवस्था छ । अनावश्यक खर्चको कारणले गर्दा देश ओरालो लागेको हुन सक्ने फेसबुकले देखाएको छ । मनोरञ्जन कम उत्पादनतर्फ लागौं भन्ने मेरो फेसबुक प्रयोगकर्ताहरुलाई परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!