स्वास्थ्य

फैटी लिभर र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फैटी लिभर र यसको उपचार । हाम्रो कलेजोमा जब बोसोको मात्रा बढ्न थाल्छ त्यसलाई फेटी लिभर भन्दछन् । आजकल यो रोग हरेक एक दुई घरपछि अर्को घरमा यो रोग देख्न सकिन्छ । अन्य शरीरमा जसरी मोटोपन बढ्छ त्यसरी नै कलेजोमा बोसो जम्न थाल्दछ ।

कलेजोमा जमेको फैटले लिवरलाई कमजोर बनाउन थाल्दछ । लिभरमा बोसोको मात्रा बढ्नाले कलेजो कमजोर हुन थाल्दछ । यस्ले कालान्तरमा गएर हेपाटाइटिस, सिरोसि, फाइब्रोसिस र क्यान्सर जस्ता रोगहरू कलेजोमा बोसो जम्नाले सुरु हुन्छ यसैलाई फेटी लिभर भन्दछन् ।

कारण र रिस्क फैक्टर

यो रोग लाग्नुको प्रमुख कारण भनेको मोटोपना वा शरीरमा अत्यधिक बोसो बढ्नुलाई मान्न सकिन्छ । ज्यादा खाना खानु, जंग फूड बढी खानु, एक्सरसाइज नगर्नुको कारणले हाम्रो शरीरमा वोसोको मात्रा बढ्न थाल्दछ यसको असर सोझै कलेजोमा समेत पुग्छ । सुगरको रोग लागेमा पनि शरीरमा बोसोको मात्रा बढ्न सक्छ ।

यो पनि पढ्नुहोस्

दाँतको रोग र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

प्राकृतिक उपचार र यसको महत्व

खोकी (Cough) र यसको उपचार

पेप्टिक अल्सर र यसको घरेलु उपचार

मुखभित्र आउने घाउ र यसको उपचार

लक्षण

शरीर पहेलो देखिनु वा जण्डिस, रूची नहुनु, पेटमा पानी भरिनु आदि फैटी लिभरका लक्षण हुन । यस्ता रोगको उपचार समयमा नगरेमा थुप्रै समस्या निम्तन सक्छ । यसको असरले शरीरमा अन्य रोग लाग्न सक्छ । यो रोगमा ८०,९० प्रतिशत लिभर ड्यामेज हुने सम्भावना बढ्न सक्छ । फैटी लिभर लागेको अधिकांशलाई थाहा नहुन सक्छ । तर यस्ता रोगी डाक्टर काहा पुगेपछि मात्र थाहा हुन सक्छ यो रोग केहो भनेर ।

उपचार

सवै चिकित्सकको राय प्राय: एउटै पाइन्छ । यो रोग निको गराउन मोटोपना घटाउन आवश्यक छ । सुगर, थाइराइड छ भने यसले समस्या निम्ताउने खतरा बढ्न सक्छ । यस्ता रोगको उपचार समयमा हुन आवश्यक छ । फैटी लिभर छ भने समयमै यो रोगबाट आफुलाई बचाउने प्रयत्न गर्नु पर्दछ ।

Like & Follow us on Facebook

हाम्रो भान्सामा बेसार सवैभन्दा ठूलो औषधि मानिएको छ । यो औषधिको रूपमा धेरै पहिले देखि प्रयोग हुदै आएको छ । यसको प्रयोग यो रोगमा गर्नाले लिवरको सेल्स डेमेज हुनबाट रोक्छ । यस्लाई हामीले त्यसै वा तरकारीमा राखेर खान सकिन्छ । खाना खाई सकेपछि आधा चमच जति बेसार दुध वा पानीमा राखेर खान सकिन्छ ।

नोट : यस्ता रोग लागेको थाहा हुनासाथ डाक्टरको परामर्शमा उपचार गराउनु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!