स्वास्थ्य

रोग किन लाग्छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

रोग किन लाग्छ ? रोग लाग्नुको पछि प्रमुख कारण केहो यस्ता विषयमा गहन अध्ययन गर्न खाँचो देखिन्छ । केहि मानिसको गुनासो यस्तो देखिएको छ जति जति डाक्टर उत्पादन भएका छन् त्यही अनुपातमा रोग पनि बढेको छ । रोग र औषधि नमिल्नुको कारणले पनि रोग बढ्न सक्छ तर रोग बढ्नुमा डाक्टर जिम्मेवार नभई हाम्रो खानपिनको लापरबाही हो भन्ने हामीलाई लागेको छ ।

हामीले खाना खादा सधै स्वास्थ्यलाई विचार गरेर मात्र खाने बानी बसाल्न सकेमा कुनै पनि रोग नलाग्ने हाम्रो मान्यता छ । आज बजारमा हजारौं थरीका औषधि आएका छन् ती औषधि सवै राम्रा छन भन्न सकिदैन तर अनुभवी चिकित्सक र औषधि क्षेत्रमा लामो अनुभव बटुलेका त्यस्ता व्यक्तिको रेखदेखमा औषधि दिन सके वेफाइदा नहुने हाम्रो बिचार छ ।

औषधि जस्तो संवेदनशील बस्तु माथि अनुसन्धान नेपालमा नहुनाले नेपाली ले जस्तो पायो त्यस्तै औषधि सेवन गर्न बाध्य बनाएको देखिन्छ । जबसम्म स्वास्थ शिक्षालाई गुणस्तर बनाउन सकिदैन तब सम्म उपचार पनि राम्रो हुनसक्छ भन्ने कुनै आधार छैन् । शिक्षा र स्वास्थ्य दुवै अभिन्न अंग हुन शिक्षा त दिइएको छ तर अनुभव छैन भने यस्ताले गरेको उपचार ठिक भन्नु गलत छ ।

नेपाली भु-भागमा यस्ता अनेकौं जडिबुटी छन् सहि ढंगबाट यस्ता जडिबुटीमा अनुसन्धान गरेर औषधि बनाएर जनतासामु ल्याउन सके सस्तोमा जनताले एलोपैथिक भन्दा राम्रो औषधि पाउने आशा गर्न सकिने देखिन्छ । जर्मनीले जडिबुटीबाट मदर टिंचर बनाएर देश विदेशमा समेत पठाउन सफल रहेको छ । एलोपैथिक औषधिले रोग चाडो निको भएपनि पछि पुन: अर्कै रूपमा देखिन सक्छ । यही कारण रोग घट्नुको सट्टा बढ्ने गरेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!