विज्ञान

मानिसले किन आत्महत्या गर्छन् ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आत्महत्या गर्नुको पछि कि बेरोजगार हुनुपर्छ कि लाख कोसिस गर्दा समेत सफल नहुनाले दिग्दार भएर मानिसले आत्महत्या गरेको हुन्छ । हुनत: वैज्ञानिकहरूले आत्महत्या मानिसको शरीरमा एक प्रकारको जीनलाई दोषी ठहराएका छन् ।

नेपालको सन्दर्भमा महिला होस या पुरूष आत्महत्या गर्नुमा बेरोजगार प्रमुख रहेको छ । एकातर्फ महंगीले सताएको छ भने अर्कोतर्फ बेरोजगारीले सताएको देखिन्छ । बेरोजगारको कारणले गर्दा डिप्रेसन भएकाहरू थुप्रै छन् ।

डिप्रेसनको औषधि सेवन गर्दा-गर्दै डोज घट्नुको सट्टा बढ्दै जानाले पनि पैसाको अभावमा आत्महत्या गरेको घटना दैनिक सुनिएको छ । चाहे जेहोस सरकारले नेपालमा स्वरोजगार दिन सके आत्महत्या गर्नेको संख्या घट्ने घटना अनुसन्धानले देखाएको छ ।

मानिसको सवैभन्दा ठूलो शत्रु भनेको गरिवी हो यदि मानिस सम्पन्न हुन्छ भने उसलाई कुनै पनि प्रकारको चिन्ताले छुने छैन । बेरोजगार रोगको पनि घर हो जब मानिस बेरोजगार हुन्छ उसले आफ्नो उपचार समेत गर्न सकेको हुदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!