मुख्य समाचार

मुस्ताङको युरेनियम खानी सुरक्षार्थ सेनाको क्याम्प बन्दै लोमान्थाङवासीले दिए जग्गा

 मुस्ताङ, ३० असोज २०७३-लोमान्थाङमा नेपाली सेनाको अस्थायी क्याम्प राख्न त्यहाँका बासिन्दाले सय रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । लोमान्थाङवासीले निःशुल्क जग्गा दिएपछी  मुस्ताङको युरेनियम खानी सुरक्षार्थ सेनाको क्याम्प बन्ने पक्का भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो । सेनालाई उपयुक्त हुने स्थानमा सो जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय समाजसेवी इन्द्रधारा विष्टले बताए ।

“विभिन्न व्यक्तिको निजी जग्गा हो, तैपनि हामीले सल्लाह गरेर सेनालाई निःशुल्क दिएका हौँ”, उनले भने, “नेपाली सेना निरन्तर यहाँ बस्यो भने हामीलाई पनि सजिलो हुन्छ ।” तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको विज्ञको टोलीले लोमान्थाङ क्षेत्रमा बहुमूल्य युरेनियम रहेको सरकारी स्तरबाट औपचारिक पुष्टि गरेसँगै त्यसको सुरक्षाको जिम्मा सेनालाई दिएको थियो ।

खानी तथा भूगर्भ विभागले  मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गर्न सकिन्छ ।   मुस्ताङको लुमान्थाङमा युरेनियम रहेको अनुगमन टोलीले बताएको थियो ।

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु होे ।ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

एक किलो ग्राम युरेनियम २५३ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको ताप उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने ताप बराबर हुन आउँछ । एटम वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलो क्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । (रासस)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!