स्वास्थ्य

रोगको प्रमुख कारण स्वयं मानिस हो

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हरेक मानिसले थुप्रै गलत काम गर्दै गए यसको परिणामस्वरूप थुप्रै रोगको दलदलमा फसे अब यसको निकास के हुन सक्ला भन्ने कौतुहल हरेक मानिसको मनमा जाग्नु स्वभाविक हो ।

रोगको पछि एउटा ठूलो रहस्यको पर्दाफास हुन आवश्यक देखिन्छ कि रोग उत्पादन गर्ने र रोग निको बनाउन लाग्ने अरू केही कारण छैन तर यसको प्रमुख कारण नै मानिस देखिन्छ । आज मानिसको मनमा थोरै मात्र दया हुने थियो भने यस्तो भयावह स्थितिको सामना मानिसले गर्नुपर्ने थिएन ।

आज हरेक मानिस स्वार्थमा डुवेको छ । स्वार्थ पूर्ति गर्नका लागि जे जस्तो काम गर्न पनि मानिस पछि परेको छैन । रोग आफै हुने होइन यो त उत्पादन गरेर फाल्ने हो । यहाँ पैसाको मतलब छ अरूको शरीरसंग के मतलब छ ।

हामीले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सक्छौं भने हामीलाई कुनै पनि रोगले आक्रमण गर्दैन । हरेक मानिसलाई स्वास्थ्य रहन आवश्यक क्यालोरी पुरा हुन आवश्यक छ । जब आवश्यक क्यालोरी पुरा हुदैन त्यति बेला अनेकौं रोग हामीलाई लाग्न थाल्दछ ।

एउटा बिरुवा गमलामा रोपौं र एउटालाई समयमा मलजल हालौं र अर्कोलाई केवल रोपेर मात्रै छोडौं हामीले अन्तर यहाँ देख्नेछौं । रोग लाग्नुको पछि सवैभन्दा ठूलो हात भनेको खानपानमा छ । हामीले जे जस्तो खाना खान्छौं त्यस्तै खालको रोगको उपहार प्राप्त गर्नेछौं भन्दा खासै फरक देखिदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य धन हो भने जिब्रो रोगको घर हो

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply