चिकित्सा विज्ञान

एलर्जीका प्रमुख कारणहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एलर्जी किन हुन्छ भन्ने कुरा हरेकले जान्न आवश्यक भई सकेको छ । आज हामीले प्रयोग गर्ने औषधि होस् वा क्रिम होस् या मलम होस् वा लगाउने कपडा नै किन नहोस् जब हाम्रो शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसलाई हामी एलर्जी भन्ने गर्छौं ।

एलर्जी हुनासाथ पहिलो काम हामीले यो कसरी भयो भन्ने कुरामा ध्यान पुराउन आवश्यक छ । हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिनु पनि एलर्जीका लक्षण हुन ।

बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) औषधिको एलर्जिक, अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । विशेषगरी बारूला, कीरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ ।

एलर्जीको मुख्य कारण

एलर्जी हुनुको थुप्रै काणहरूमध्ये औषधिको एलर्जी सवैभन्दा खतरनाक मानिएको छ भने सवै प्रकारको एलर्जी भएमा डाक्टरको परामर्शमा उपचार गर्न आवश्यक हुन सक्छ ।

Like & Follow us on Facebook

एलर्जीका लक्षणहरू

१. शरीरमा डाबर आउनु वा चिलाउनु
२. आँखा नाक चिलाउनु
३. हाच्छ्युँ आउनु
४. सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु
५. सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु
६. बारम्बार रुघा लाग्नु

एलर्जीबाट छालालाई कसरी जोगाउने

१. ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
२. घरबाट बाहिर निस्किँदा माक्स लगाउने
३. खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउने

उपचार

एलर्जी हुनुको प्रमुख कारणको उपचार एलर्जी हटाउने खालको औषधि (Cetirizine Hydrochloride Tablet 10 mg) को औषधि आवश्यकता हेरेर दिन सकिनेछ तर यस्ता औषधि दिनु पुर्ब डाक्टरको परामर्श आवश्यक छ ।

यो पनि पढनुहोस्

औषधि सेवन गर्दा बुझ्नुपर्ने कुरा

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधिका रुपमा तेजपत्ताका फाइदाहरु

औषधि सेवनमा ध्यान दिनुपर्ने कुराहरु

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!