स्वास्थ्य

मोटोपना बढ्नुको कारण

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मोटोपन रोगको घर भन्ने कुरा हरेकले जान्न आवश्यक छ । हामी जति मोटाउदै जान्छौं त्यति नै जोखिम मोल्दै जान्छौं । मोटोपन कसरी घटाउने भन्ने कुरामा ध्यान दिन सकी रहेका छैनौं । आज मैले यसै विषयमा प्रकाश पार्न गइरहेको छु ।

मोटोपना कसरी सुरु हुन्छ भन्ने कुरा पहिले जान्ने प्रयत्न गरौं । मानिस सुविधा भोगी हुनु यसको प्रमुख कारणमध्ये एक हो जब हामी अरूको भरमा बाच्न थाल्छौं यसले ह्वात्तै मोटोपना बढाउछ । जति-जति सुविधा बढ्छ त्यही अनुपातमा आराम बढ्छ र हामीले खायको खाना पच्न छोड्छ ।

खाना धेरै खान्छौं तर फाल्छौ कम खाएको खाना कता गयो ? जब जब हामी आराम बढी गर्न थाल्छौं त्यो बेला हाम्रो पाचनयन्त्र कमजोर हुन थाल्छ खाएको खानामा अपच सुरु हुन्छ । बोसो बढ्नुको प्रमुख कारण भने कै हराम हो । बोसो नबढोस भन्ने सोच भएमा आराम कम गर्ने बानी बसाल्नु पर्दछ ।

मोटोपना बढ्नाले अनेकौं रोग लाग्ने सम्भावना बढ्न नदिन बोसोयुक्त मासु कम खाने दैनिक व्याम गर्ने पेट सफा राख्ने हरियो सागपात बढी सेवन गर्ने । कम सुत्ने, खाना खाँदा चिसो पानी नखाने तातो पानी प्रयोग गर्ने । दिमागमा फोहोर नभर्ने स्वच्छ विचार राख्ने गर्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!