विकास

विकासको सपना कहिलेसम्म देख्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामी नेपालीले विकासको सपना कहिलेसम्म देख्ने यो सोच्नुपर्ने भएको छ । हिजो राजसंस्था फाल्नु अगाडि हरेक दलको एजेन्डा भनेको नेपाललाई परिवर्तन गराउने विश्व सामु चिनाउने थियो तर स्वार्थ र भागबन्डाको राजनीति सुरु भयो देशको विकास त भएन तर यूवालाई भने विश्वसामु पुराएको देखियो ।

हिजो र आज परिवर्तन भएको छ यसको ठोस कारण भनेको विदेशी मुद्रा भित्रनु देखिन्छ । जसरी बिदेशी मुद्रा नेपाल भित्रेको छ ठिक त्यसरी नै नेपाली मुद्रा बाहिर जाने सिलसिला बढ्दैछ यसको ठोस कारण भनेको नेपालमा केहि उत्पादन हुन नसक्नु प्रमुख देखिन्छ ।

हरेक नेपालीले परिवर्तन नचाहेको भए नेताको पछि लागेर सिङ्गो राष्ट्रलाई नेतृत्वको सामु पस्कने थिएनन् तर राष्ट्र र जनताको भविष्यलाई अन्धकारमा धकल्दै भागबण्डाको राजनीति जसले जति कमाउछ त्यतिमा सन्तोष गर्दै अरूलाई सोप्ने परिपाटीको विकास नेपालमा बढ्दै गयो ।

नेपाल कृषिप्रधान देश कागजमा सीमित देखिएको छ । खेतीयोग्य जमिन प्राय: बाझो देखिन्छ । जलस्रोतको धनी राष्ट्र नेपाल देखिन्छ तर नहर छैन यसले के संकेत देखाउछ ।जलस्रोतले धनी नेपाल छ तर महंगो मुल्यमा विधुत खरिद गरेर पब्लिकको टाउकोमा रिणको बोझ बोकाएको देखिन्छ । यस्ता थुप्रै योजनाहरु छन् तर कुनैपनि काम हुन सकेको छैन् ।

यहाँ सवै उत्पादन हुनसक्छ तर सवै छिमेकीले पुराएको छ । के नेपाली यति अल्छी भए सवै विदेशीले पुराउनुपर्ने । देशको सर्वागिण विकास गर्न सवैभन्दा पहिलो काम परनिर्भरपनलाई हटाउन आवश्यक छ । आज देशमा दैनिक जसो बलात्कार ,खुसखोरी हुने गरेको देखिनछ । हामीले सरसरी हेर्दा यस्ता घटनामा बद्धि हुने गरेको पाइन्छ । लोकतन्त्रले जनताको चाहनालाई पुरा गर्न नसक्ने पक्का भएको छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

नेपालमा के छैन ?

नेपालमा लोकतन्त्र उपहासको संकेत

के यसरी विकास होला त नेपालमा ?

देश कता गई रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!