हेल्थ टिप्स

मुलाको पातको उपयोगबाट हुने फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अदुवा खाई शहर पस्नु मुला खाई बन पस्नु भन्ने उखान त शायद सबैलाई थाहा होला बुढापाकाले भन्न खोजेको कुरा अहिले सहि हुदैछ । मुलाको पातमा जति औषधि अरूमा नहुने कुरा अनुभुत योगमा लेखिएको छ । मुलाको सेवन गर्नाले पाचनक्रिया बढ्नाले वायु खुल्ने हुनाले बन पस्नु भन्ने कुरा सहि रहेछ ।

अघिल्लो अंकमा मैले मुला खाएर रोग भगाउन सकिन्छ भनेको थिए । यो अंकमा मुलाको पातबाट विभिन्न रोगको उपचार गर्ने तरिकाबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । मुलाको पातमा भिटामिन ए, बि, सिका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषकतत्व पाइन्छ । यो पेटको लागि अत्यन्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

Like & Follow us on Facebook

मुलाको पातको उपयोगबाट हुने फाइदाहरु

१. मुलाको पातलाई सब्जी र परठा बनाउनमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ । थकान महसुस हुदैन ।

२. पायल्सका रोगीका निम्ति मुलाको पात निकै लाभदायक हुन्छ । हरेक दिन यसको सेवन गर्नाले पायल्सको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. यसमा सोडियम हुन्छ । यसले शरीरमा नुनको अभाव पूर्ति गर्छ । त्यसैले उच्च रक्तचापका रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

४. यो फाइबरको पनि राम्रो स्रोत हो । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । केस झर्नबाट समेत यसले रोक्छ ।

५. मुलाको पातको रस ४ माना जति लिने र त्यसमा खस्रो चिनी राखेर दिनमा २ पटक खान दिनाले जण्डिसको दोहोले पार्दछ ।

६. मुलालाई सलादको रूपमा खानाले खाना राम्रोसंग हजम गराउने काम मुलाले गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

स्वास्थ्यको लागि मूला खानुका फाइदाहरु

किसानले फलाए मान्छेको पाइताला जस्तो मुला

स्वास्थ्यको लागि गाजर खानुका फाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!