चिकित्सा विज्ञानस्वास्थ्य

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

साइनेक्स एन्टी एंटिकोल्ड (Anti-Cold Tablet) औषधिको सेवन गर्दा यस्ले शरिरमा हिस्टामाइनलाई रोकेर रोग निको बनाउन मदत्त गर्दछ । यो औषधिको प्रयोग गर्नाले पिनास, रूघा,नाकबाट तरल बग्ने, शरीर चिलाउने जस्ता समस्यामा राम्रो फाइदा गर्दछ । रूघा लाग्नासाथ हामीले यस्ता औषधि सेवन गर्दा बग्ने पानीलाई यो औषधिले ब्लग गर्ने भएकाले रूघा लागेको ३ दिनपछि बाट मात्र औषधि सेवन गरेमा रूघा पकाएर चाँडो निको पार्दछ ।

यो औषधि प्रयोग गर्नुपुर्ब यदि हजुरलाई श्वासप्रश्वास सम्बन्धित कुनै समस्या छ भने वा आंखाका कुनै रोग, उच्च रक्तचाप, मुटुको समस्या, थाइराइड र पिसाब सम्बन्धित कुनै पनि समस्या छ भने यस्ता औषधि सेवन गर्दा डाक्टरको परामर्श लिएर मात्र औषधि चलाउनु उपयुक्त हुन सक्छ । यस्ता खालका औषधि सेवन गर्दा सामान्य चक्कर लाग्ने, उल्टि हुने, शरीर लट्ठ हुने, झप्कि वा निन्द्रा लाग्ने जस्ता समस्या देखिन सक्छ ।

Like & Follow us on Facebook

यस्ता औषधि सेवन गर्दा खानापछि मात्र सेवन गर्ने गरेमा यसबाट हुन सक्ने साइड इफेक्ट कम हुने हुन्छ । यस्ता औषधि सेवन गर्दा पनि फाइदा नदेखिएको खण्डमा ७ दिन भन्दा ज्यादा औषधि नखानु भनेको छ । यस प्रकारको औषधि सकेसम्म गर्भ अवस्थामा र अल्कोहल खाने बेलामा खानाले बढी हानी गर्न सक्छ । यस प्रकारको औषधि खाएको समयमा गाडी नचलाउनु राम्रो हुन्छ यदि चलाएमा दुर्घटना घट्न सक्छ ।

यस्ता सामान्य औषधि डाक्टरको सल्लाह विना लिन सकिन्छ तर यस्ता औषधिमा झुम्म पार्ने खालका तत्वको समिश्रण हुने हुनाले होसियार भएर चलाउदा ठिक हुन सक्छ भन्ने हाम्रो मान्यता हो । यो औषधिको मिश्रण Chlorpheniramine (Chlorpheniramine Mateate ), फैनीलेफ्रीन हाइड्रो क्लोराइड (Phenylephrine Hydrochloride ) र Paracetamol मिश्रण गरेको हुन्छ । यस्ता खालका औषधि चलाउदा Prescription चिकित्सकको परामर्श आवश्यक हुन सक्छ ।

मात्रा : १ टेब्याबलेट दिनमा ३ पटक वा चिकित्सकको सल्लाह बमोजिम लिन सकिन्छ । यस्ता औषधि सकेसम्म बच्चाले नभेटने ठाउँमा राख्नु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!