स्वास्थ्य

रोग किन लाग्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग किन लाग्छ ? यसको सोझो जवाफ हो, हाम्रो आफ्नै लापरबाहीका कारणले अर्थात खानपान, दिनचर्या आदिमा गरिने गडबडीका कारणले हामीलाई रोग लाग्ने गरेको हुन्छ । हामी दिनप्रति दिन रोगी हुँदैछौं । रोगी किन हुदैछौं ? जवाफ हो, आफ्नै लापरवाहीले । खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ ।

खाना हतार नगरी चपाएर खानुपर्छ । हामी खाना बस्छौं र गफ गर्छौं टेलिभिजन हेर्छौं । हाम्रो ध्यान खानामा भन्दा अन्यत्र गएको हुन्छ । हामीले खाने खाना प्राय: नचपाई खान थाल्दछौं । नचपाई खाएको खाना चाडो नपच्ने हुनाले अनेकौं समस्या आई लाग्न सक्छ । अक्सर हामी खान हतारिन्छौं । सोचाई के छ भने, खाना खाँदा धेरै समय खर्च गर्नु हुँदैन ।

यो समयको वर्वादी हो । जबकी हाम्रो जीवनको उर्जा, शक्ति, ताकत भनेकै खानाबाट मिल्ने हो खाना खाँदा एकदम आरामपूर्वक खानुपर्छ । पटक्कै हतार नगरी । प्रशन्न, खुसी, आनन्दित भएर । खाना खुब चपाएर खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ ।

भोजनमा हरियो सब्जीलाई महत्व दिने

हाम्रो थालमा कुन खानेकुरालाई बढी महत्व दिने ? त्यो हाम्रै हातमा छ । त्यसैले जति खाना लिइन्छ, त्यसको अधिकतम हिस्सा सागसब्जीको होस् । हरियो सागसब्जी प्रशस्तै सेवन गरौं । हरियो सागसब्जी फाइबरको राम्रो स्रोत हो । फाइबरले पाचन पद्धतीमा सहयोग गर्छ । जब पाचनयन्त्र चुस्त तथा तन्दुरुस्त हुन्छ, त्यसको प्रभाव समग्र शरीरमा रहन्छ ।

जति भोक लागेको छ त्यो भन्दा कम खाने बानी बसाल्नु पर्दछ । स्वस्थ्य व्यक्तिको पेट उनको मुट्ठी बराबर हुन्छ । त्यस्तै स्वास्थ्यप्रति लापरवाही व्यक्तिको पेट फूटबल साइजको हुन्छ । सुन्दा हाँसो लाग्न सक्छ । तर, यो सत्य कुरा हो भने तपाईले ख्याल गर्नुभएको छैन, खानाप्रति आशक्ति हुने व्यक्तिहरु रोगी हुन्छन् ।

धेरै खाने, मिठोमसिनो खाने व्यक्तिलाई रोगले समात्छ । लामो आयु बाँच्ने एक बृद्ध व्यक्तिले भनेका थिए, ‘थोरै खाउँ, धेरै बाँचौं ।’ धेरै खानु स्वास्थ्यका लागि फाइदाजनक छैन । धेरै खाँदैमा शरीरलाई आवश्यक पोषण पुग्छ भन्नु भ्रम हो । बरु पेटभर खानेकुरा खाँदा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।

मानिस यति स्वार्थी भए कि आफ्नो स्वास्थ्यलाई समेत ख्याल राख्न सकेनन् । आज जिब्रोलाई बसमा राख्न नसक्नाले रोगको दलदलमा फस्दै जान थालेका छन् । हामीले खाने हरेक खाना के स्वास्थ्य कर छ त ? यो हरेकले बुझ्न आवश्यक छ ।

जब हामीले आफ्नो स्वास्थ्यलाई नजर अन्दाज गर्छौं त्यति बेला हाम्रो जीब्रोले हामीलाई गलत खानपिनतर्फ जीब्रोले संकेत गर्न थाल्दछ यही सानो लापरबाहीका कारण हामी रोगको दलदलमा फस्दै जान्छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

कब्जियत र यसको उपचार

पिसाब चुहिने समस्याको उपचार

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!