स्वास्थ्य

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पानी नभएको भए शायद यो धर्तीमा कुनै पनि जीवको अस्तित्व समाप्त हुने थियो । मानिस होस वा पशु होस वा बोटबिरूवा किन नहोस् सबैलाई पानीको आवश्यकता हुने गरेको छ । जस्तोसुकै विरामी किन नहोस् पानीले ठिक गर्न सक्छ भन्ने उधाहरण हामीले सामान्य ज्वरोबाट लिन सकिन्छ ।

यदि कसैलाई ज्वरो १०४.५ सम्म आएको छ भने पानीपट्टी दिनासाथ ज्वरो विना औषधि निको हुन सक्छ । पानी जस्तो ठूलो औषधि न थियो नहुनेछ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । स्वास्थ्यमा हाइड्रो पैथीको ठूलो भूमिका छ । जल चिकित्सामा पानीलाई ठूलो औषधि मानिएको छ ।

आजको यो लेखमा पानीबाट कसरी उपचार गर्ने भन्ने विषयमा प्रकाश पार्ने जमर्को गर्दैछौं लाभ उठाउन सकेमा विना औषधि आफ्नो उपचार आफै गर्न सक्नु हुनेछ भन्ने कुरामा हामी विस्वस्थ छौं । पानी सधै सफा र फिल्टर गरेको हुनुपर्छ । तातो पानी र चिसो पानी खानुमा फरक-फरक फाइदाहरु छन् ।

स्वास्थ्य शरीरमा जति खानाको महत्व छ त्यो भन्दा धेरै पानीको महत्वपूर्ण भूमिका छ । प्रातकालमा उठ्ने वित्तिकै जति सकिन्छ पानी पिउनुहोस् र कम्तीमा २ घण्टा केहि खाना नखानुहोस । हात मुख धुन सक्नुहुन्छ नुहाउन सक्नुहुन्छ । तर पानी हात मुख नधुदै पिउनुलाई उत्तम मानिएको छ ।

हामीले कहिले काहीँ खानासंग पानी पिउने गर्छौं यसले पाचन क्रियालाई असर गर्दछ । खाएको खाना चाँडो नपच्ने जस्तो समस्या आई लाग्न सक्छ । आजकल खाना रूचेको छैन भन्नेहरु प्रशस्त छन् यसको ठोस कारण भनेको नै खानासंग पानी बढी खाने गर्नाले हो भन्दा खासै फरक पर्दैन ।

प्रातकालमा सुर्योदयपछि नीम र तुलसीको पांच-पांच पत्ता ल्याउनुहोस् र दुवै पत्तालाई मुखमा राखेर चपाउनुहोस् र थोरै पानी पिउनुहोस् दैनिक यसो गर्नाले क्यान्सरबाट समेत यसले बचाउनेछ । यस्ता व्यक्तिलाई जहरिलो सापले टोकेपनि चांडो जहर चड्दैन भनेको छ ।

खाना खाईसकेपछि यदि सुर्तीजन्य वस्तुको सेवन गर्ने आदत छ भने पनि यसको असरलाई समेत विहानै सेवन गरेको पानीले कब्जियत हुन र स्लो पोइजनलाई समेत काट्ने काम पानीले गर्नेछ । आज जति पनि रोग मानिसलाई लागेको छ सवै पानीले हो भन्दा खासै फरक छैन ।

नियमित पानीको सेवनले चाउरीपना हटाउनुको साथै टाउको दुख्ने, प्यारालाइसिस, मोटोपन, उच्च रक्तचाप, हृदय रोग, मुर्छा पर्ने, निम्न रक्तचाप, दम, खोकी, टी.बी, मधुमेह, पत्थरी, सवै प्रकारको महिनारी सम्बन्धित रोगहरू पानीको सेवनले निको हुन सक्छ तर हाम्रो घरमा यस्तो बहुमुल्य औषधि हुँदाहुँदै पनि हामीले लाभ उठाउनबाट बन्चित छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply