स्वास्थ्य

आधा टाउको दुख्ने समस्या र यसको समाधान

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


आधा टाउको दुख्ने समस्या आज हरेक घरमा देखिन थालेको छ । आज सामान्य टाउको दुख्दैमा पिनास नै होला भन्ने हाम्रो सोच छ तर पिनासको कारण टाउको नदुखेर अन्य कारणले पनि टाउको दुखेको हुन सक्छ । टाउको दुख्ने समस्या हल गर्नको लागि राम्रो उपचारको आवश्यक हुन सक्छ । सामान्य टाउको दुख्दा सामान्य औषधिले निको भएपनि यसको ठोस कारण पत्ता लगाएर उपचार गर्नु राम्रो हुनेछ ।

औषधि किनेर खायो केहि दिन सन्चो भयो यसरी समय बित्दै जाँदा कहिले काही टाउको दुख्ने समस्या जटिल हुदै जान थाल्दछ । यस्ता कतिपय रोग ब्रेन ट्युमर पनि हुन सक्छ । टाउको दुख्ने अर्को कारण जुकाका फुल वा सिस्टको कारणले पनि टाउको दुख्न सक्छ । आँखा कमजोर हुनाले पनि टाउको दुख्न सक्छ ।

हाम्रो समाजमा रोग बिग्रिएको अवस्थामा हस्पिटल पुग्दा उपचारमा कठिनाइ हुने गर्दछ । आधा टाउको दुख्ने माइग्रेन ट्राइगेमिनल नर्वमा न्यूरोकेमिकल बदल्नु र सेरोटोनिन कम हुनुको कारण यस्तो समस्या देखिन सक्छ । चाहे जेहोस यस्ता खालका रोगको उपचार डाक्टरको परामर्शमा गर्दा राम्रो हुनेछ ।

यो पनि पढ्नुहोस्

टाउको दुख्ने समस्या र यसको उपचार

पिनासको औषधि र मेरो अनुभव

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

प्रमुख कारणहरू

१. मानसिक चिन्ता ।

२. ज्यादा सोचाई बढ्नु ।

३. कम पानी पिउनु ।

४. हर्मोन परिवर्तन हुनु ।

५. औषधिको साइडइफे्क्ट ।

६. सेतो चिया र धुम्र पानको सेवन बढी गर्नाले पनि यस्तो समस्या हुन सक्छ ।

७. लागु औषधको कुलतमा फस्नु आदि कारणले पनि टाउको दुख्ने समस्या हुन सक्छ ।

टाउको दुखेको छ चक्कर लागेको छ सामान्य खालको औषधि सेवन गराउदा पनि दुखाई कम भएको छैन भने डाक्टरसंग प्रामर्श लिने MRI, CTC गराएर हेर्ने र के कारणले दुखेको छ उपचार गराउने टाउको दुख्नुको अर्को कारण आँखा कमजोर हुनाले पनि हुन सक्छ । आँखा चेक गरेर चस्मा लगाउन आवश्यक हुन सक्छ ।

Like & Follow us on Facebook

के गर्ने र के खाने

गेडागुडी धेरै खाने

गेडागुडीमा ‘म्याग्नेसियम’ जस्ता फाइदाजनक खनिज पदार्थ धेरै मात्रामा पाइन्छ, यसले शरीरका माशंपेसीहरूलाई आराम प्रदान गर्दछ । हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा कमि भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुने हुन्छ, जसले गर्दा टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरूको धारणा रहेको छ।

व्याम गर्ने

विहान उठेर विभिन्न योगका आसनहरू गर्नाले पनि टाउको दुख्ने समस्यामा कमी हुँदै जान्छ । योग गर्नाले शरीर तथा दिमागलाई आराम मिल्ने र आफ्नो दुखाइमा नियन्त्रण हुने पनि योगविदहरूको विश्वास रहेको छ ।

तंत्र उपचार

भेलीको साना साना ३ पिस टुक्रा पार्ने र घाम अस्ताउने बेला अघि बाट पस्चिम तर्फ पिनासको दोहोलो भन्दै तिनपटक डल्ला फालेर पछि नहेरी घरमा पस्ने पिनासको दोहोलो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!