स्वास्थ्य

मोतियाविन्दु र यसको उपचार

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


मोतियाविन्दु रोग आजकल अत्यधिक बढ्दैछ । यस्को ठोस कारण हो उमेर बढ्दै जाँदा आँखाको लेन्स अपारदर्शी हुँदै जानु र धेरै नै असर भएपछि दृष्टि कम हुँदै जानु । यो एक प्रकारको उमेरसँग आउने परिर्वतन हो । जसरी उमेर बढेपछि छालामा चाउरी पर्ने, कपाल सेतो हुने हुन्छ त्यसरी नै आँखामा पनि मोतिविन्दु बढ्न थाल्छ । मोतिविन्दु अन्धोपनको कारणमध्ये एक प्रमुख कारण हो भने उपचार गर्न सकिने रोग पनि हो ।

यस्ता रोग लाग्नुका अन्य कारणमध्ये आँखामा चोट लागेमा, मधुमेह र कडा खालको औषधिको सेवन अत्यधिक गर्नाले पनि मोतियाविन्दु रोग लाग्न सक्छ । यस्ता रोग जन्मजात पनि हुनसक्छ । गर्भ अवस्थामा सिटामोलको अत्यधिक प्रयोगले पनि मोतियाविन्दुको खतरा बच्चामा हुन सक्छ ।

यो पनि पढ्नुहोस्

अल्छी आँखाको उपचार विधि

कम्जोर आँखाको ज्योति बढाउने उपाय

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्ने ९ टिप्सहरु

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

होशियार रहनुहोस यस्ता आँखा हुनेले धोका दिन्छन्

लक्षणहरु

१. दृष्टिमा धमिलोपन आउनु ।

२. बत्तिमा हेर्दा गाह्रो हुनु, इन्दे्रणी जस्तो देखिनु ।

३. चस्माको पावर बारम्बार परिवर्तन हुनु।

४. कुनै चिजलाई दुईवटा देखिनु ।

५. नजिकको दृष्टिमा केही सुधार देखिनु ।

६. राति गाडी, मोटरसाइकल चलाउन गाह्रो हुनु ।

Like & Follow us on Facebook

कारणहरु

१. बढ्दो उमेर

२. मधुमेह

३. धूम्रपान

४. आँखामा चोटपटक लाग्नु

मोतियाविन्दुको आजकाल सरकारले नि:शुल्क उपचार गर्दैछ । यस्ता रोग लागेको थाहा हुनासाथ नजिकको आँखा उपचार केन्द्रमा सम्पर्क राख्नु सवैभन्दा महत्वपूर्ण देखिन्छ ।

मोतियाविन्दुको उपचार

१. मोतियाविन्दु भएकाहरूले दैनिक प्याजको प्रयोग गर्नाले पनि यो रोग चाँडो निको हुने भनिएको छ । प्याजलाई काट्दा यसमा भएको पिरोले मोतिया उतार्दछ ‌।

२. Cineraria-Maritime Eye Drops (German)

१ देखि २ थोपा औषधि लामो समय आँखामा राख्नाले पनि यो रोग क्रमश: कम हुदै जान थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!