स्वास्थ्य

खोकी (Cough) र यसको उपचार

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


खोकी प्राय: दुइ किसिमको हुन्छ एउटा कफयुक्त र अर्को सुख्खा जसलाई अंग्रेजीमा एक्यूट र क्रोनिक भन्दछन् । हामीले यसलाई दुई भागमा गर्नुको प्रमुख कारण पनि फरक फरक छ । खोकी रोगको जड हो हिन्दीमा खासी और हसि रोगको जड मानेको छ । खोकी लाग्नासाथ डाक्टरको सल्लाह बमोजिम उपचार गराई हाल्नु पर्दछ । खोकी बिग्रेमा दम र TB हुन सक्छ ।

आयुर्वेदिक औषधिमा एलोपैथिकमा जस्तै दुई प्रकारको नभई एकै प्रकारको औषधिले दुवै प्रकारको उपचार खोकीलाई काम गर्दछ । कफयुक्त खोकी र सुख्खा खोकीको औषधि हामीले आयुर्वेदिकबाट पस्कन गइरहेका छौं ।

यो पनि पढ्नुहोस्

रुघाखोकीको घरेलु उपचार

खोकी र यसको घरेलु उपचार

खोकीको घरेलु उपचार

जाडोमा खोकीको औषधिको रुपमा अदुवाको प्रयोग

खोकीको उपचार

१. सितोपलादि चूर्णलाई महमा मिलाएर चाट्नाले पनि जस्तोसुकै खोकी निको हुन्छ ।

२. हलेदो, भेली र तावामा फुराएको फिट्करीलाई चूर्ण पारेर साना गोली बनाएर राख्ने खोकी लाग्दा चुस्ने निको हुन्छ ।

३. तुलसी, मरिच र अदुवाको चिया बनाएर नियमित सेवन गर्नाले पनि खोकी आराम हुन्छ ।

४. ड्राई कफमा कालो मरिचलाई घिउमा भुटेर खानाले पनि ठिक हुन्छ ।

५. वासावलेह यो औषधि बनि बनाएको हुन्छ डाबर या वैध नाथको दिनमा ३ पटक खानाले जस्तोसुकै खोकी निको हुन्छ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!