स्वास्थ्य

मुखभित्र आउने घाउ र यसको उपचार

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

आजकल मुखभित्र हुने थुप्रै यस्ता रोगहरू हामीले समाजमा देखेका छौं सुनेका छौं । आम बोलचालको भाषामा यसलाई हामीले भिटामिन ‘बी’ को कमी भन्ने गरेका छौं । तर यो खासगरी हाम्रो खानपिनको लापरबाहीको कारणले हुने गर्दछ । पेटमा एसिडको मात्रा बढी हुने हुनाले यसको असर हाम्रो मुखमा हुने गर्दछ । यस्ता रोगहरू जस्तै बाहिर ओठमा देखिएमा यसलाई कोल्ड सोर्स र भित्र हुनेलाई यफथस अल्सर भन्दछन् ।

यस्ता रोगहरू पनि कहिलेकाही सरूवा रोग अन्तर्गत पर्दछन् । यस प्रकारको रोग चुम्बनद्वारा पनि सर्दछ । यस्ता खालका रोगहरू कहिलेकाहीँ क्यान्सरको कारणले गर्दा पनि हुन सक्छ । यस्ता रोगलाई हामीले ध्यान दिन सकेनौं भने ओरल क्यान्सरको रूपमा परिणत हुन सक्छ । यस्ता खालका रोगले बर्षेनी लाखौं मानिस प्रभावमा परेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

मधुमेह (Blood Sugar) र यसको उपचार

हिस्टेरियाको लक्षण, उपचार तथा रोकथाम

हाइपोटेन्सन र यसको उपचार

मधुमेहको सफल उपचारमा बरको प्रयोग

ग्यास्टिकको कारण र घरेलु उपचार

कारणहरु

१. सुर्तीजन्य वस्तुको अत्यधिक सेवन ।

२. बीड़ी, सिगरेट र गांजाको प्रयोग ।

३. सुर्ती, पान मसाला, सुपाड़ी, गुटखाको अधिक प्रयोग ।

४. जाड रक्सी को अत्यधिक प्रयोग ।

५. दाँतको सफाई या दन्तमनजन नगर्ने गरेमा ।

आज हामीले यस्ता रोगको सरल घरेलु/आयुर्वेदिक उपचार पस्कन गइरहेका छौं लाभ उठाउन नभुल्नुहोला ।

Like & Follow us on Facebook

आयुर्वेदिक औषधि

१. पानको पातमा लगाउने साधा कत्था लगाउनाले पनि यो घाउ ठिक हुन्छ ।

२. सोहाग र मह मिलाएर लगाउनाले पनि यो समस्या हल हुन्छ ।

३. यो रोग कब्जियतको कारणले हुने गर्दछ यस्ता रोगमा त्रिफला दूधसंग नियमित राती सेवन गर्नाले पनि यो रोग निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!