जीवन-दर्शन

यस्तो हुने गर्दथ्यो उहिलेका ऋषिमुनि सपथ

राम लोहनी

ऋषिमुनि र राजा महाराजाहरू कुनै गलत गरेको आरोप लाग्यो वा त्यस्तो सम्भावना भयो भने आफूलाई चोखो प्रमाणित गर्न सपथ खाने गर्थे । त्यस्तो काम गरेको भए आफूलाई यी मध्ये कुनै पाप लागोस् भनेर धर्म भाक्थे । यस प्रकारको सपथमा प्रष्ट रूपले लैङ्गिक र वर्गीय आग्रह देखिएकै छ । तर पनि त्यो समाजलाई बुझ्‍न यी सपथहरूले निश्चितै सहयोग गर्छन् । समाजका कथित विशिष्टहरूले के कुरालाई ठीक र के कुरालाई बेठीक मानेको छ भन्ने कुराले समाजको चित्रण गर्न धेरै सजिलो हुन्छ।

यो पनि पढ्नुहोस्  

अद्भूत प्रेमी Lovebug अर्थात प्रेमकिरोमा हुने समागम

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

अद्भूत प्रेमी Lovebug अर्थात प्रेमकिरोमा हुने समागम

१. धातुको व्यापार गरेरे जिविकोपार्जन गर्नु परोस्।

२. खेती किसानी गरेर जीवन धान्नु परोस्।

३. कुकुर साथमा लिएर शिकार गर्न जानु परोस्।

४. तल्लो जातकी स्त्रीसँग सम्बन्ध राख्‍नु परोस्।

५. स्त्रीको कमाइमा जिउनु परोस्।

६. ससुरालीको सम्पतिमा बाँच्‍नु परोस्।

७. गाउँमा शुद्र् जातीको स्त्रीसँग बस्‍नु परोस्।

८. गाउँमा बसेर एउटै कुवाको पानी खानु परोस्।

९. मासु खाने, उज्यालोमा सम्भोग गर्ने र राजाको नोकरी गरेको बराबरको पाप लागोस्।

१०. शुद्रको श्राद्धमा भोजन गर्नु परोस्।

११. कुनै यज्ञ नगरी मृत्यु प्राप्त होओस्।

१२. ऋतुकाल बाहेक स्त्री समागमको पाप लागोस्।

१३. पारिश्रमिक लिएर विद्या दान दिएको पाप लागोस्।

१४. आफ्ना स्त्री, पुत्र र गाईलाई उचित ध्यान नदिएको पाप लागोस्।

१५. विना स्वर वेद पाठ गरेको पाप लागोस्।

१६. सूर्यतिर फर्केर मलमुत्र त्याग गरेको बराबरको पाप लागोस्।

१७. वैश्यको नोकरी गर्नु परोस्।

१८. गाउँको मुखियालाई लाग्‍ने पाप लागोस्।

१९. गधाको सवारी गर्नु परोस्।

२०. अधर्मपूर्वक शासन गरेको महापाप लागोस्।

२१. दान दिएर त्यसको बखान गरेको पाप लागोस्।

२२. (स्त्रीहरूको हकमा) सासुको निन्दा गरेको, लुकीछिपी एक्लै खाएको पाप लागोस्।

२३. गाउँको प्रवेशद्वारमा एक खुट्टाले उभिएर भिक्षा माग्‍नु परोस्।

२४. सन्यास लिएर स्त्रीसँग वा गृहस्थ बनेको पाप लागोस्।

(पुनर्पोस्टित)

*राम लोहनी भाषा विज्ञान केन्द्रिय विभाग, किर्तिपुरमा प्राध्यापन गर्नुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!