जीवन-दर्शनविज्ञान जिज्ञासा

अद्भूत प्रेमी Lovebug अर्थात प्रेमकिरोमा हुने समागम

राम लोहनी

आसन्न प्रेमदिवसको उपलक्ष्यमा चराचर जगतकै अद्भूत प्रेमी Lovebug अर्थात प्रेमकिरोमा हुने समागमको रोचक प्रसंग यस्तो छ । यो दक्षिण अमेरिका र मध्य अमेरिकामा पाइने झिँगा जातिको किरो हो । यिनको अद्भुत प्रकृतिको कारण यिनीहरूलाई मधुमास झिँगा (Honeymoon Fly) पनि भनिन्छ । कतिसम्म भने उड्दा पनि जोल्ठिएरै उड्ने हुँदा एउटै किरा दुई टाउके जस्तो देखिने भएकोले दुईटाउके किरा (Double-Headed Bug) पनि भनिन्छ । अद्भूत चाहिँ यिनीहरूको समागम हो। यिनीहरूको समागम दुईदेखि तीन दिनसम्म लम्बिन्छ । एउटा प्रयोगशाला अवलोकनमा ५६ घन्टासम्म दीर्घ समागममा लिप्त भएको पाइएको थियो ।

खासमा चाहिँ यो समागम भालेको स्वार्थले प्रेरित हुने गर्छ । आफूले छोड्दा त्यस पोथोलाई अर्को भालेले अतिक्रमण गर्ला भनेर डाहले यो भुतुक्क हुन्छ । त्यसैले पोथीले फूल नपारुन्जेल छोड्दै छोड्दैन। आफैसँग हुँदा आफ्नै आँखा अगाडि फूल पारेपछि चाहिँ त्यसमा आफ्नै बीज छ भन्ने यसलाई पक्का हुन्छ । यति ढुक्क ढुक्क भएपछि यिनीहरूको मधुमास सकिन्छ । दीर्घ समागमको कारण भाले धेरै कमजोर हुन्छ। जीवनकालमा यसलाई यस्ता अवसर निकै कम प्राप्त हुन्छन् । पोथीले पनि प्राय: एकपटक मात्र फूल पार्छे । वैज्ञानिकहरू यसलाई आफ्नो बीउबाटै सृष्टि निरन्तर होस् भन्ने Evolutionary Pressure भनेर व्याख्या गर्ने गर्छन् ।

*राम लोहनी भाषा विज्ञान केन्द्रिय विभाग, किर्तिपुरमा प्राध्यापन गर्नुहुन्छ ।

यो पनि पढ्नुहोस् 

विश्वका चर्चित ५ प्रेम प्रसँगहरु

के हो प्रेम ?

माया के हो ?

प्रेम र यसको परिभाषा

प्रेममा धोका किन हुन्छ?

के प्रेम केवल एकहोरो हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!