चिकित्सा विज्ञान

प्यारालाइसिसको रोकथाम र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्राय: प्यारालाइसिस हुने प्रमुख कारण उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराव बोसो बढ्ने कारणले प्यारालाइसिसलाई हुने गरेको छ । उच्च रक्तचापका कारण इन्फाक्र्सन र व्रेन हेमरेजको कारणले प्यारालाइसिस हुनसक्छ ।त्यसैले उच्चरक्तचाप प्यारालाइसिसका लागि घातक हुन्छ । कहिलेकाही मुटुरोगका कारण नाडी अनियमित हुनाले पनि मुटुबाट केही फोहरको टुक्रा ब्रेनमा गएर अड्किन सक्छ, यस्तोलाई इन्वोलीक स्ट्रोक भनिन्छ ।

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

टाइफाइड र यसको उपचार

यी प्यारालाइसिस हुने प्रमुख कारण हुन् । तर कहिलेकाही पक्षाघातको खतरनाक पूर्व संकेत पनि पाइन्छ । जसलाई ‘ट्रान्जिएन्ट एण्ड स्क्रिमिक अट्याक’ भनिन्छ । प्राय: प्यारालाइसिसमा हातखुट्टा र मुख बाङ्गो हुन्छ । आँखालाई नियन्त्रण गर्ने भागमा भयो भने आँखाका लक्षण देख्न सकिन्छ । प्यारालाइसिबाट बच्न पहिला उच्च रक्तचाप कम गर्नुपर्छ । तर प्रायः हेमरेज स्ट्रोकको उपचार पुन: स्थापना नै हो ।

यस अन्तरगत फिजियोथेरापी, स्पीचथेरापी, जुन स्थानमा प्यारालाइसिस भएको हो त्यस स्थानमा एक्सरसाइज गर्ने, नियमित औषधि सेवन गर्ने र सबभन्दा मुख्यकुरा उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान र खराब बोसोलाई नियन्त्रण गर्ने आदि बिधि पर्छन् । यसमा कसैकसैलाई २४ घण्टाभन्दा कम समयका लागि नियन्त्रित भाग कमजोर भएको लक्षण देखिन्छ, तर यो पछि आफै ठिक भएर जान्छ ।

यसलाई बिरामीले राम्रोसँग बुझेर चिकित्सकको सल्लाह लिन सकेमा पहिलो चरणमै प्यारालाइसिस पत्ता लगाउन सकिन्छ । यसका लागि औषधि सेवन गरेर भविष्यमा आउने प्यारालाइसिस (स्ट्रोक) लाई पनि बचाउन सकिन्छ ।

रोकथाम

२० वर्ष उमेर पुगेपछि स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराब बोसो छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । शरिरलाई सधै स्वस्थ राख्ने, सकारात्मक सोच राख्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ । खानपिनमा विशेष ध्यान दिनुका साथै जीवनशैली परिवर्तन गरेमा प्यारालाइसिसबाट बच्न सकिन्छ ।

Like & Follow us on Facebook

उपचार

१. एकांगवीर रस महारास्नादि काढा संग १,१ गोली दिनमा २ पटक दिनाले थुप्रै रोगी यो उपचार बाट ठिक भएका छन् ।

नोट : प्यारालाइसिस भई सके पछि यो उपचारले राम्रो भएका थुप्रै केस छन् तर योग्य अनुभवी आयुर्वेदिक डाक्टरको परामर्शमा उपचार गराउन सके धेरै राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!