खानपान

किन आवश्यक छ भोजनको नियम ?

भोजन गर्नुको उद्धेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ । त्यस्तै तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

यो पनि पढ्नुहोस्

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

यसरी गर्नुहोस् ! अम्लिय भोजन र क्षारीय भोजनको सन्तुलन

चिन्नुहोस् ! यस्ता छन् अम्लीय र क्षारीय भोजनहरु

के हो अम्लीय र क्षारीय भोजन ? कसरी राख्ने सन्तुलन ?

भोजन को सँग गर्ने को सँग नगर्ने

दैनिक भोजन गर्ने खानेकुराहरुको फाईदा

भोजनले उर्जाका साथै सप्त धातु – रगत, मासु, छाला, हड्डी आदि पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

प्राय: मानिसले पटक पटक भोजन गरिसकेपछि छिनछिनमा भोक लागिरहेको हुन्छ । हामीले पेटको भोक निको पार्नलाई हलुका भोजन खानुपर्ने हुन्छ । तर पनि हामीलाई त्यो भोजन खाएको आधा घन्टामा फेरि पनि भाेक लागेको हुन्छ । त्यसो त भोक लाग्नु शरीरलाई राम्रो हो । आवश्यक भन्दा वढी भोक लाग्नु कुनै रोगको कारण पनि हुन सक्छ ।

खानामा प्रोटिन र फइबरको कमि भयो भने प्रत्येक व्यक्तिको पेट खाली र जतिखेर पनि भोक लागे जस्तो हुन्छ । तसर्थ यी प्रोटिनयुक्त खानेकुरा खादा पेट भरिए जस्तो अनुभव हुन्छ । कम व्यालोरिको कमिले गर्दा छिटो भोक लाग्छ । यसले शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहारा दिन्छ । त्यसैले भरपुर्ण खानेकुरा खानुपर्दछ र प्रत्येक व्यक्ति थोरैमा पनि कम्तिमा आठ घण्टा सुत्नुपर्न हुन्छ ।

Like & Follow us on Facebook

यसकारण पुरा निद्रा लिदा पेट ठिक हुने भोक नलाग्ने समस्याबाट बच्न सकिन्छ । अधिकाँश मानिस बिहानको खाना खादैनन यसले गर्दा समस्या आउँछ र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । केहि मानिसहरु छिटो छिटो खाना खान्छन नचपाईकन खाँदा खानेकुरा पच्दैन अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!