खानपान

भोजन को सँग गर्ने को सँग नगर्ने

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

आधुनिक स्वास्थ्य विज्ञानमा भोजन को सँग, कहिले, कहाँ, किन र कुन परिस्थितिमा गरिएको हो भन्ने विषयको खासै महत्व नभएपनि प्राच्य स्वास्थ्य विज्ञानमा यी कुराहरुको ठूलो महत्व छ ।

१. दीर्घ जीवन र राम्रो स्वास्थ्य चाहनेहरुले सकभर बाहिरको खानु हुँदैन । परिवारमै खानु पर्दछ । परिवारमा खाना खाँदा आत्मियता बढ्दछ । परिवारमा खाना खाँदा खाना पनि शुद्ध एवम् स्वस्थकर खान पाइन्छ ।

२. खानाखाँदा सकभर आफ्ना प्रिय एवम् हितैषि व्यक्तिहरुको साथ भए राम्रो हो । हितैषि व्यक्तिहरुसँग खाना खाँदा मन प्रफुल्ल रहन्छ ।

३. आफ्ना नानीबाबुहरुसँग भोजन गर्नाले बच्चा र अभिभावक वीचको सम्बन्ध प्रगाढ हुँदै जाने र नानीबाबु आफ्नो अ‍ैचामै रहने छन् ।

४. भोजन खुल्ला, सार्वजनिक वा धेरै मान्छेहरु आवत जावत गर्ने ठाउँमा गर्नु हुँदैन । यसो गर्दा अतृप्त व्यक्तिहरुको नजर लाग्न सक्दछ । सम्भव भए सम्म भोजन पर्दाको पछाडि नै गर्नु राम्रो हो ।

५. सम्भव भएसम्म आफ्नो आमाले पकाएको खानु आमाबाट नभए पत्निले पकाएको खानु, पत्नी नभएकाहरुले दिदीबहिनीहरुले पकाएको खानु यसरी खान सम्भव नहुनेहरुले आफ्नो वृतिधर्म पालन गरेको सात्वीक महिलाले पकाएको खानु ।

६. आफुभन्दा ज्येष्ठ ज्ञानी, आदरणीय व्यक्तिसँग खाना खाने सुअवसर प्राप्त भए कहिल्यै नछोड्नु ।

७. कसैले प्रेमपूर्वक प्रदान गरेको खाना कहिल्यै नफर्काउनु । मिठो, नमिठो, जे जस्तो भएपनि ग्रहण गर्नु ।

८. उभ्यिएर कहिले नखानु, उभ्यिएर खाँदा सवास्थ्यमा प्रतिकूल प्रभाव पर्दछ । उभिदा पेटको पाइलोरीक स्फिनक्टर हल्का खुल्ने हुँदा खाना नपची सिधै सानो आन्द्रामा प्रवेश गर्ने हुँदा विभिन्न किसिमका रोगहरु उत्पन्न गराउँदछ ।

९. अतिथि देवो भव भन्ने नीति वाक्यको अनुरुप आफ्ना घरमा आएका पाहुनालाई सर्वप्रथम खुवाउनु ।

१०. संक्रमित व्यक्तिसँग कहिल्यै भोजन नगर्नु । यस्ता व्यक्तिसँग भोजन गर्दा उसको रोग सर्ने खतरा रहन्छ ।

११. ईष्यालु, लोभी, घमण्डी, क्रुर एवम् कामुक व्यक्तिसँग कहिल्यै भोजन नगर्नु । यी व्यक्तिसँग भोजन गर्दा उनीहरुको गुण आपूmमा प्रसारित रहने खतरा रहन्छ ।

१२. लोलोपोतो गर्ने कपटि एवम् बनावटीसँग पनि सँगै भोजन गर्नु हुँदैन ।

१३. कुटील जाली, फटाहा एवम् दयाहिन व्यक्तिसँग भोजन गर्दा पनि शरीरमा व्याधि बढ्छ ।

१४. खराब वृति भएका व्यक्तिसँग पनि शास्त्रले भोजन गर्दा निर्देश गरेको छ ।

१५. दिनचर्या ठिक नभएको व्यक्तिसँग पनि भोजन गर्नु हुँदैन ।

१६. स्नान नगर्ने खानु पूर्व हातखुट्टा नधुने, दिशा पिसाब गरिसके पछि हात नधुने व्यक्तिसँग पनि खाना खानु शास्त्रले निर्देशन विरुद्ध हुन जान्छ ।

१७. कहीँ कतै धेरै जनाको माझमा भोजन गर्नु पर्ने स्थिति आयो भने भोजन सबैलाई बाँडेर खानुपर्दछ ।

१८. साथमा भएका व्यक्तिहरुलाई नबाँडीकन खाँदा सँगै बसेकाहरुको नजर लाग्न सक्छ ।

१९. खाना खान सबै एक साथ बसेर खाना खाँदा खाना ग्रहण गर्नु पूर्व सँगै भोजन गरिरहेकाहरुलाई लिए है हजुर भनेर अनुमति लिएर मात्र खाना खानुपर्दछ ।

२०. भ्रष्ट व्यक्तिहरुसँगै बसेर खाना खानु हुँदैन । यसो गर्दा हाम्रो पनि मति भ्रष्ट हुन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

प्राकृतिक चिकित्सामा भान्साको वर्गीकरण

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

योगी नरहरिनाथ अस्पताल

थप जानकारीमूलक लेखहरुको लागि तलको पेज लाइक गर्नुहोस् : 

Yogi Naraharinath Yoga & Nature Cure Hospital

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!