ज्योतिषशास्त्र

दाँतको बीचमा खाली ठाउँ हुने मानिसको स्वभाव

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र शास्त्रमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । यसमा व्यक्तिको अनुहार, शरिरको अलग-अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ । जान्नुहोस ! दाँतको बीचमा खाली ठाउँ हुने मानिसको स्वभाव यस्तो हुन्छ ।

सुन्दरता

सामान्यतया दाँतको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ । यसैले सुन्दरताको दृष्टिले यो सहि मानिदैन ।

ज्योतीषीय दृष्टिकोण

सुख

सामुन्द्रिक शास्त्र अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथ-साथ चमक पनि हुन्छ, उनीहरुले निकै सु:खको जीवन व्यतीत गर्छन् ।

बुद्धिमता

अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुन्द्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ ।

हार नमान्ने

दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन् । खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइ पर्दा आत्तिने गर्दैनन् ।

रचनात्मक क्षमता

मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निकै सम्हालेर राख्न जानेका हुन्छन् ।

पतिको प्रेम

जो स्त्रीको माथी र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन् ।

ठुलो लक्ष्य

जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन् ।

अति बोल्ने

सामुन्द्रिक शास्त्र अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन् । यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी सम्म कुरै मात्र गरिरहन सक्छन् ।

खुला बिचार

यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन् ।

खाना-पिनाको शौखिन

दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन् ।

भविष्य

राजसी सुख

सामुन्द्रिक शास्त्र अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन् ।

यो पनि पढ्नुहोस्

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

कसरी हाँस्ने व्यक्तिहरुको स्वभाव कस्तो

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!