स्वास्थ्य

तरकारी र फलफूलमा मिसाइने विषादिको परिक्षण हुन जरुरी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल मानिस जोखिममा छन् भन्दा खासै फरक पर्दैन किनकि हरेक चाहे त्यो तरकारी होस् या फलफूल, विषादि मिलाएको छ । कुन बस्तु खानाले मानिसको शरीर स्वस्थ हुनसक्छ भन्ने कुरा प्रश्नवाचक चिन्ह खडा हुन पुगेको छ । कृषकले तरकारी लगाउछन् बढी उत्पादनको लोभमा विषादी राखेका हुन्छन् । नेपालमा उत्पादन भएका बस्तुदेखि विदेशबाट आका यस्ता हरेक बस्तु परिक्षण गरेर मात्र प्रयोग गर्न सके राम्रो हुने देखिएको छ ।

यो पनि पढ्नुहोस् 

भुलेर पनि यी मिक्स गरेर खानु नहुने फलफूलहरू

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

कुनै पनि काम गर्दा त्यसको असर मानिसलाई हुन सक्छ वा सक्दैन भन्नेतर्फ ध्यान पुग्न आवश्यक छ । व्यक्ति आफैले उत्पादन गरेर आफै खानुपर्ने हुनसक्छ तर पैसाका लागि आफ्नै शरीर जोखिममा राखेर काम गरेको अनेकौं घटनाले पुष्टि गरेको छ । फलफूललाई पकाउनका लागि क्याल्सियम कार्बाइड, कार्बेट र एथिलिन जस्ता केमिकलको प्रयोग गरिन्छ । इथिफानेको झोलमा केरा हाल्दा त्यसको बोक्राको प्वाल खुल्ने गर्दछ जसका कारण केरा चाँडै पाक्छ ।

तर प्वाल खोलिने भएकाले उक्त केमिकल भित्र छिर्दछ । क्याल्सियम कार्बाइड र कार्बेटका कारण मेवा र आँप चाँडै पाक्ने गर्दछ र यसको रङ पनि पहेंलो हुने गर्दछ । यस्तो फल स्वास्थ्यको दृष्टिकोणले हानिकारक र प्राकृतिक स्वादको अभाव हुने गर्दछ । आज नेपालमा विषादी खानाको कारणले गर्दा मानिस दिन प्रतिदिन रोगको दलदलमा फस्दै गएको छ । क्यान्सर जस्ता रोग लाग्नुको ठोस कारण विषादी खाना जिम्मेवार छ भन्दा खासै फरक पर्दैन । पैसा जस्तो खराब अरू केही छैन भन्ने कुरा यो पाठबाट हरेकले सिक्न आवश्यक छ ।

Like & Follow us on Facebook

यस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । नेपाल सरकारले स्वदेशमा उत्पादन गर्न सकिने बस्तु निकासी गर्दा फाइदा होइन बेफाइदा बढी हुने गर्दछ । नेपालीले उत्पादन गरेको हरेक बस्तु चाहे तरकारी होस या फलफूल उत्पादनले बजार पाउन सकेको छैन यो नितान्त गलत छ । नाममा कृषिप्रधान देश तर नेपाली उत्पादनले बजार पाएको छैन ७०% भन्दा भारतीय तरकारी र फलफूलले बजार ओगटेको छ । यहाँ कमिसन र बिचौलीयाको कारण यस्तो भएको सहज अनुमान लगाउन सकिन्छ ।

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!